सोमबार, असोज १२, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल जेठ १५ देखि चौबिसै घण्टा खुल्ने

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल जेठ १५ देखि चौबिसै घण्टा खुल्ने

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आगामी जेठ १५ गतेदेखि चौबिसै घण्टा सञ्चालन हुने भएको छ।
 |  शनिबार, वैशाख ३, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख ३, २०७९

काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आगामी जेठ १५ गतेदेखि चौबिसै घण्टा सञ्चालन हुने भएको छ। यात्रु र उडानको चाप बढेपछि विमानस्थल रातिसमेत खोल्न लागिएको नेपाल नागरिक उड्ययन प्राधिकरणले जनाएको छ।

यसअघि ०७५ जेठमा तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीले बिहान ६ देखि राति १२ बजेसम्म १८ घण्टा सञ्चालन हुँदै आएको विमानस्थललाई तीन घण्टा थपेर २१ घण्टासम्म सञ्चालनमा ल्याएका थिए।

पछि धावनमार्ग मर्मत गर्नुपर्ने भएपछि उडान सञ्चालनको समय घटेको थियो। त्यसपछि कोरोना महामारीका कारण अन्तर्राष्ट्रिय र आन्तरिक उडान कटौती भएपछि विमानस्थल सञ्चालनको समय झन् घटेको थियो।

कोरोनाको असर कम भएसँगै त्रिभुवन विमानस्थलमा यात्रुको चाप बढेको छ। विमानस्थल प्रशासनका अनुसार अहिले दैनिक ४ सयभन्दा बढी उडान भइरहेको छ भने करिब २५ हजार यात्रुले हवाई यात्रा गरिरहेका छन्।
 

प्रकाशित: Apr 16, 2022| 06:20 शनिबार, वैशाख ३, २०७९
प्रतिक्रिया दिनुहोस्