सोमबार, असोज १२, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • सेञ्चुरी बैंकमा शताब्दी खाता खोले ८ लाखसम्मको बिमा, डिम्याट र मेरो सेयर निःशुल्क

सेञ्चुरी बैंकमा शताब्दी खाता खोले ८ लाखसम्मको बिमा, डिम्याट र मेरो सेयर निःशुल्क

शताब्दी बचत खातामा वार्षिक ८.०३ प्रतिशत ब्याजदर पाइनेछ। यसका साथै ७ लाख रुपैयाँसम्मको निःशुल्क बीमा सुविधा समावेश गरिएको बताइएको छ। खातामा १ लाखसम्मको स्वास्थ्य बीमा, १ लाखसम्मको विभिन्न १८ घातक रोगको बीमा र ५ लाख सम्मको दुर्घटना बीमाको व्यवस्था रहेको बैंकले जनाएको छ।
 |  शुक्रबार, वैशाख २, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख २, २०७९

काठमाडौं- सेञ्चुरी कमर्सियल बैंकमा खाता खोल्दा डिम्याट खाता शुल्क तिर्नु नपर्ने भएको छ। नयाँ वर्षमा ल्याइएको शताब्दी बचत खाता सञ्चालन गरे डिम्याट शुल्क मिनाहा गरिने बैंकले जानकारी दिएको हो। 

शताब्दी बचत खातामा वार्षिक ८.०३ प्रतिशत ब्याजदर पाइनेछ। यसका साथै ७ लाख रुपैयाँसम्मको निःशुल्क बीमा सुविधा समावेश गरिएको बताइएको छ। खातामा १ लाखसम्मको स्वास्थ्य बीमा, १ लाखसम्मको विभिन्न १८ घातक रोगको बीमा र ५ लाख सम्मको दुर्घटना बीमाको व्यवस्था रहेको बैंकले जनाएको छ। 

खातामा मोबाइल बैंकिंग, इन्टरनेट बैंकिङ, भिसा डेबिट कार्ड, लकर सेवा, डिम्याट खाता र मेरो शेयरसमेत निःशुल्क प्रदान गरिने बैंकले जानकारी दिएको छ। 

खाता खोल्न ग्राहकहरुलाई बैंकको केन्द्रीय कार्यालयमा प्रिभिलेज काउन्टरको व्यवस्था र शाखाहरुमा विशेष प्राथमिकता साथ सेवा प्रवाह गरिने बैंकले जनाएको छ। 

बैंकले हाल १ सय २९ शाखा १० एक्सटेन्सन काउन्टर, २४ शाखारहित बैंकिङ र ११३ एटिएममार्फत वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ। 

प्रकाशित: Apr 15, 2022| 20:35 शुक्रबार, वैशाख २, २०७९
प्रतिक्रिया दिनुहोस्