काठमाडौं- भुक्तानी सेवा प्रदायक कम्पनी आईएमईले बम्परमा २ लाख ७ हजार ९ सयसम्म प्रदान गर्ने गरी नयाँ योजना ल्याएको छ। नयाँ वर्ष २०७९ को अवसरमा ६० जनालाई २०७९ रुपैयाँ र बम्परमा १ जनालाई २ लाख ७ हजार ९ सय रुपैयाँ प्रदान गर्ने गरी योजना ल्याइएको जानकारी दिएको हो।
यो योजना २०७९ को वैशाख महिनाभर मात्र लागू हुने कम्पनीले जानकारी दिएको छ। आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेलले यो योजनाले सेवाग्राही र आइएमईबीचको सम्बन्धलाई अझ मजबुत बनाउन भूमिका खेल्ने विश्वास व्यक्त गरे।
विदेशबाट आइएमईमार्फत् पठाइएको रकम नेपालका एजेन्टमार्फत प्राप्त गर्दा, बैंक ट्रान्सफर गर्दा वा आइएमई पे मोबाइल वालेटमा प्राप्त गर्दा यो योजनामा स्वतः सहभागी भइने उनले बताए। सिस्टममा आधारित स्वचालित लक्की ड्र प्रणालीले विजेता छान्ने छ।
देशमा २ सय २५ आइएमई सेन्टरसहित ७७ जिल्लाका करिब १२ हजार सबएजेन्ट छन्।