सोमबार, असोज १२, २०८३

मेगा बैंकको कामु सीईओमा रवीना देशराज श्रेष्ठ

सीईओ अनुपमा खुञ्जेलीको सिइओको कार्यकाल समाप्त भएकाले श्रेष्ठलाई कामु प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरिएको बैंकले जनाएको छ।
 |  शुक्रबार, वैशाख २, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख २, २०७९

काठमाडौं-  मेगा बैंक नेपालको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतमा रविना देशराज श्रेष्ठ नियुक्त भएकी छन्। नायब प्रमुख कार्यकारी अधिकृत श्रेष्ठलाई मेगा बैंक सञ्चालक समितिको चैत ३० गतेको बैठकले कामु सीईओ बनाएको हो। २०७९ बैशाख २ गतेदेखि लागू हुने गरी रविनाले कामु सिईओको कार्यभार सम्हालेकी हुन्। 

३१ वर्ष बैंकिङ सेवा गरेकी रविना बैंकको स्थापनाकालदेखि नै उच्च व्यवस्थापन तहमा कार्यरत छिन्। सीईओ अनुपमा खुञ्जेलीको सिइओको कार्यकाल समाप्त भएकाले श्रेष्ठलाई कामु प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरिएको बैंकले जनाएको छ।  

प्रकाशित: Apr 15, 2022| 16:14 शुक्रबार, वैशाख २, २०७९
प्रतिक्रिया दिनुहोस्