सोमबार, असोज १२, २०८३

तोलामा ५ सयले बढ्यो सुनको मूल्य

आज छापावाला सुन प्रतितोला पाँच सय रुपैयाँले बढेर एक लाख दुई हजार रुपैयाँ कायम गरिएको छ।
 |  शुक्रबार, वैशाख २, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख २, २०७९

काठमाडौं- सुनको मूल्य आज प्रतितोला पाँच सय रुपैयाँले बढेको छ। आज छापावाला सुन प्रतितोला पाँच सय रुपैयाँले बढेर एक लाख दुई हजार रुपैयाँ कायम गरिएको छ। 

यस्तै तेजावी सुन प्रतितोला एक लाख एक हजार पाँच सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

यसअघि, बुधबार छापावाल सुन तोलाको एक लाख एक हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।

शुक्रबार चाँदीको भाउ पनि प्रतितोला १५ रुपैयाँले बढेर एक हजार चार सय १५ रुपैयाँका किनबेच भइरहेको छ। बुधबार चाँदीको मूल्य प्रतितोला एक हजार चार सय  रुपैयाँ निर्धारण गरिएको थियो।

प्रकाशित: Apr 15, 2022| 11:34 शुक्रबार, वैशाख २, २०७९
प्रतिक्रिया दिनुहोस्