सोमबार, असोज १२, २०८३

सीवाईसी लघुवित्तको आईपीओ बिक्री खुला

सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको धितोपत्रको प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री आजबाट खुला भएको छ।
 |  शुक्रबार, वैशाख २, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख २, २०७९

काठमाडौं- सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको धितोपत्रको प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री आजबाट खुला भएको छ। 

लघुवित्तले सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँअंकित मूल्यमा तीन करोड ९५ लाख ३३ हजार ६०० रुपैयाँबराबरको दुई लाख ३६ हजार २५० कित्ता साधारण सेयर निष्कासन गरेको हो। कम्पनीले जारी पुँजी १२ करोड १६ लाख ४१ हजार ८७४ रुपैयाँको ३२.५ प्रतिशतले साधारण सेयर बिक्री गर्नेछ।

निष्कासन गरिएको कुल सेयरमध्ये ०.५ प्रतिशत अर्थात् ६ हजार हजार ८२ कित्ता सेयर लघुवित्तका कर्मचारीहरूका लागि सुरक्षित गरिएको छ। ५ प्रतिशत अर्थात् १९ हजार ७६६ कित्ता सेयर सामुहिक लगानी कोषहरूलाई बाँडफाँड गरिएको छ। सर्वसाधारण लगानीकर्ताले बाँकी रहेको तीन लाख ६९ हजार ४८८ कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन्।

कम्पनीको आईपीओमा छिटोमा वैशाख ६ गते र ढिलोमा वैशाख १६  गतेसम्म आवेदन दिन  सकिनेछ। न्यूनतम १० र अधिकतम एक हजार कित्ताका लागि आवेदन दिन सकिनेछ। नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिनेछ।

कम्पनीको आईपीओ निष्कासनका लागि धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल रहेको छ। कम्पनीले आईपीओ निष्कासनका लागि गराएको रेटिङमा लघुवित्तलाई केयर रेटिङ नेपालले ‘केयर एनपी डबल बी माइनस’ इस्युअर रेटिङ प्रदान गरेको छ। 

प्रकाशित: Apr 15, 2022| 07:15 शुक्रबार, वैशाख २, २०७९
प्रतिक्रिया दिनुहोस्