सोमबार, असोज १२, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • आर्थिक वर्ष सकिन ३ महिना बाँकी हुँदा विकास खर्च जम्मा २५ प्रतिशत

आर्थिक वर्ष सकिन ३ महिना बाँकी हुँदा विकास खर्च जम्मा २५ प्रतिशत

साउनमा प्रतिस्थापन विधेयक ल्याएपछि अर्थमन्त्री जनार्दन शर्माले मासिक १० प्रतिशत विकास खर्च गर्ने दाबी गरेका थिए। उनको दाबी अनुसार चालु आवका ९ महिना सकिँदा ९० प्रतिशत विकास खर्च भइसक्नुपर्ने हो। तर विकास खर्चको दयनीय अवस्था रहेको भन्दै सरकार र अर्थमन्त्रीप्रति आलोचना बढ्दै गएको छ।
 |  बिहीबार, वैशाख १, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख १, २०७९

काठमाडौं- चालु आर्थिक वर्ष सकिन ३ महिना बाँकी रहँदा सरकारले करिब एक चौथाई मात्र विकास (पुँजीगत) खर्च गर्न सकेको छ। महालेखा नियन्त्रण कार्यालय अनुसार सरकारले गत चैत पुस मसान्तसम्ममा २७.४५ प्रतिशत मात्र पुँजीगत खर्च गरेको हो। 

सरकारले चालु आर्थिक वर्षको लागि ३ खर्ब ७८ अर्ब रुपैयाँ पुँजीगत खर्चका लागि विनियोजन गरेको थियो। तर चैत मसान्तसम्ममा सरकारले १ खर्ब १ अर्ब ३६ करोड रुपैयाँ मात्र पुँजीगत खर्च गर्न सकेको छ। 

साउनमा प्रतिस्थापन विधेयक ल्याएपछि अर्थमन्त्री जनार्दन शर्माले मासिक १० प्रतिशत विकास खर्च गर्ने दाबी गरेका थिए। उनको दाबी अनुसार चालु आवका ९ महिना सकिँदा ९० प्रतिशत विकास खर्च भइसक्नुपर्ने हो। तर विकास खर्चको दयनीय अवस्था रहेको भन्दै सरकार र अर्थमन्त्रीप्रति आलोचना बढ्दै गएको छ। 

त्यस्तै समग्र खर्चतर्फ सरकारले जम्मा ४८.६४ प्रतिशत प्रगति गरेको छ। चालु आर्थिक वर्षको लागि सरकारले १६ खर्ब ३२ अर्ब ८२ करोड रुपैयाँ कुल खर्च गर्ने लक्ष्य राखेको थियो। जेठमा आएको बजेट साउनमा प्रतिस्थापन हुनुलगायतका कारण सरकारले जम्मा ७ खर्ब ८२ अर्ब १० करोड रुपैयाँ मात्र खर्च गर्न सकेको जनाएको हो। 

त्यस्तै चालु खर्च तर्फ भने ५८.७२ प्रतिशत खर्च भएको छ। चालु आर्थिक वर्षको लागि सरकारले १० खर्ब ६५ अर्ब २९ करोड बराबरको चालु खर्च गरिने लक्ष्य राखेको थियो। 

महालेखा नियन्त्रणको कार्यालय अनुसार सरकारले ९ महिनाको अवधिमा ६७.८६ प्रतिशत आम्दानी गरेको छ। यो अवधिमा ७ खर्ब ६८ अर्ब ७० करोड रुपैयाँ राजस्व संकलन भएको छ भने १३ अर्ब ८८ करोड रुपैयाँ बराबरको वैदेशिक र ३८ अर्ब ५९ करोड अन्य आय भएको कार्यालयले जनाएको छ। 

प्रकाशित: Apr 14, 2022| 15:25 बिहीबार, वैशाख १, २०७९
प्रतिक्रिया दिनुहोस्