सोमबार, असोज १२, २०८३

माछापुच्छ्रे बैंकको ग्राहक सेवा अब २४सै घण्टा

माछापुच्छ्रे बैंकले नयाँ वर्ष २०७९ को अवसरमा ग्राहक सेवा केन्द्रबाट २४सै घण्टा र हप्ताको सातै दिन सेवा सञ्चालनमा ल्याउने भएको छ।
 |  बिहीबार, वैशाख १, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख १, २०७९

काठमाडौं- माछापुच्छ्रे बैंकले नयाँ वर्ष २०७९ को अवसरमा ग्राहक सेवा केन्द्रबाट २४सै घण्टा र हप्ताको सातै दिन सेवा सञ्चालनमा ल्याउने भएको छ।

बैंकले यसअघि सिमित अवधिका लागि सञ्चालन गरिरहेको सेवा हरेक दिन चौबिसै घण्टा संचालन गर्ने व्यवस्था मिलाएको हो।  ग्राहकले ०१५-९७०५५५ नम्बरमा फोन गरी सेवा लिन सक्नेछन्।

बैंकले हाल देशका ७ वटै प्रदेशमा १६४ शाखा, ८ एक्सटेन्सन काउन्टर, १६५ शाखारहित बैंकिङ सेवा, २०३ एटिएममार्फत् १३ लाखभन्दा बढी ग्राहक महानुभावहरूलाई सेवा प्रदान गर्दै आइरहेको छ।

प्रकाशित: Apr 14, 2022| 12:26 बिहीबार, वैशाख १, २०७९
प्रतिक्रिया दिनुहोस्