आइतबार, असार ७, २०८३

अरूलाई नयाँ वर्ष, भक्तपुरलाई 'बिस्का'

आठ रात, नौ दिन दिनसम्म चल्ने यस जात्रालाई सबैभन्दा लामो जात्राको रूपमा पनि लिइन्छ। पहिलो दिन भैरवनाथको जात्राबाट यो प्रारम्भ हुन्छ। यससँगै भद्रकालीको जात्रा, लिङ्गो जात्रा, दुमाजु, इन्द्रायणी, बारही, महाकाली, ब्रह्मायणी माहेश्वरी, भैरव-जात्रा आदि थुप्रै जात्राहरू हुन्छन्। सबै सहायक जात्राको आफ्नै शैली हुन्छ।
 |  बिहीबार, वैशाख १, २०७९

सपना श्रेष्ठ

सपना श्रेष्ठ

बिहीबार, वैशाख १, २०७९

सिङ्गो देश नयाँ वर्षमा रमाइरहेको बेला भक्तपुर भने  'बिस्का जात्रा'को रमझममा हुन्छ। वर्षैभरि केही न केही चाड-पर्व-जात्रा भइरहने भक्तपुरमा बिस्काको रौनक अरूभन्दा कम हुने कुरै भएन। 

National life

आठ रात, नौ दिन दिनसम्म चल्ने यस जात्रालाई सबैभन्दा लामो जात्राको रूपमा पनि लिइन्छ। पहिलो दिन भैरवनाथको जात्राबाट यो प्रारम्भ हुन्छ। यससँगै भद्रकालीको जात्रा, लिङ्गो जात्रा, दुमाजु, इन्द्रायणी, बारही, महाकाली, ब्रह्मायणी माहेश्वरी, भैरव-जात्रा आदि थुप्रै जात्राहरू हुन्छन्। सबै सहायक जात्राको आफ्नै शैली हुन्छ। 

स्थानीय टौमढी क्षेत्रमा बनाइको तीनतले भैरवनाथको रथ स्थानीयले रथको अगाडि पछाडि राखिएको डोरी तानातान गरेर क्वने (तल्लो) क्षेत्र र ठने (माथिलो) क्षेत्र तानेर जात्रा मनाउने चलन रहिआएको छ।

स्थानीले रथको अगाडि-पछाडि डोरी तानातान गरेर आआफ्नो टोलमा लैजान खोज्छन्। यसरी तानेर रथलाई तल्लो वा माथिल्लो टोलमा जहाँ लैजान सकिन्छ, त्यो टोल विजयी भएको मानिन्छ। यसकारण पनि सबैभन्दा लामो जात्राको रूपमा बिस्कालाई लिइएको हो।

बिस्का जात्रालाई कतै बिसिकायात्रा, कतै विश्वख्यालयात्रा, विश्वनाथको अनुहारको यात्रा, बिस्केटजात्रा पनि भनिन्छ। 'बि–स्याको वा बि–सि ख्वाट' शब्दबाट 'बिस्केट' बनेको भन्ने पनि मान्यता रहेको छ। जहाँ बि भनेको सर्प र स्या भनेको मार्नु हो। जसबाट सर्प मार्नु भन्ने अर्थ लाग्न पुग्छ। 

Shivam cement

स्थानीय शब्दमा यसलाई कतै बिसिका त कतै विस्यात (लामो काठको लिङ्गो) तथा विसिख्वाट (सर्प भएको लिङ्गो) पनि भन्ने गरेको पाइन्छ। भक्तपुरका बासिन्दा यस जात्रालाई 'बिसिकाय जात्रा' अर्थात् (सप मारिएको उपलक्ष्यमा गरिने जात्रा) भनेर मनाउँछन्। कसैले भने 'बि–सिका' शब्द विश्व–झन्डाको अपभ्रंश हो भनेर मानेका छन्। धुलिखेलका स्थानीयहरू भने यस जात्रालाई 'बिख्या' भन्ने गर्दछन्।

पहिलो अनुश्रुतिअनुसार 'पूर्वतिरबाट भक्तपुरमा किँरातहरूले आक्रमण गरेको वा गर्न लागेको' भन्ने उल्लेखले यस जात्रालाई उपत्यकामा किँरातहरूको शासन कायम हुनुभन्दा अघिको हुनसक्ने अनुमान गर्न सकिन्छ।

बिस्का जात्राको प्राचीन स्वरूप चैत मसान्तको दिन योसीं (काठको लिङ्गो) उठाउने र बैशाखको पहिलो दिन उक्त योसीं द्यः ढाल्नु हो। योसिं द्यःमा एकजोडि ध्वजा हुन्छ। जसको लम्बाइ लगभग ३५ हात र अर्को ध्वजाको लम्बाई ३४ हातको हुनुपर्ने उल्लेख गरिएको छ। यही ध्वजालाई कतै नागनागिनी भनिएको छ। यससँग सम्बन्धित विभिन्न किवंदन्तिहरू पनि प्रचलित छन्। 

यही नागनागिनी भनिने ध्वजालाई नेपालभाषामा हलिंपत भनिन्छ। जहाँ 'हलिं'को अर्थ विश्व अनि 'पत' भन्नाले ध्वजा भन्ने हुन्छ। यसबाट यो विश्वध्वज विजयको प्रतीक वीरध्वजासमेत हुन सक्नेमा धेरै संस्कृतिविद्को एकमत छ। 

भक्तपुरमा जस्तै थिमी, बोडे, नगदेश, कटुन्जे, गुण्डु, धुलिखेल, साँगालगायत वरपरका नगरमा आ–आफ्नै ढङ्गले यो जात्रा मनाउने गरिएको छ। जसमा थिमी बोडे, नगदेशमा ३२ खटको जात्रा गरिन्छ। साँगा, बनेपामा अग्लो लिङ्गो उभ्याएर बिस्केट जात्रा मनाउने गरेको पाइन्छ। तर ती ठाउँमा ध्वजा राख्ने चलन भने पाइँदैन।

०००

युद्ध जितेपछि विभिन्न जात्राहरू सुरू गर्ने प्रचलन धेरै पाइन्छ। बिस्का जात्रा पनि राजनीतिक घटनाक्रमअनुसार  हेर्ने हो भने किँरातहरूलाई हराएर लिच्छविहरूले शासन सुरू गर्दा चलाएको हुन सक्छ। बिस्केट जात्रा कहिलेदेखि प्रारम्भ भयो भन्नेबारे हालसम्म कुनै ठोस प्रमाण प्राप्त हुन सकेको छैन। यद्यपि अनुश्रुतिहरूले यस जात्रालाई किँरातकालभन्दा अघि नै सुरू भएको मानेको छ।

पहिलो अनुश्रुतिअनुसार 'पूर्वतिरबाट भक्तपुरमा किँरातहरूले आक्रमण गरेको वा गर्न लागेको' भन्ने उल्लेखले यस जात्रालाई उपत्यकामा किँरातहरूको शासन कायम हुनुभन्दा अघिको हुनसक्ने अनुमान गर्न सकिन्छ। तर सोही अनुश्रुतिमा 'लिच्छविशासक शिवदेव द्वितीय'को उल्लेखले उक्त घटनाको समयकाल लिच्छविकालतिर धकेल्छ।

जात्रासम्बन्धी अर्को अनुश्रुतिमा परापूर्वकालको कुनै राजाको छोरीको विवाहको घोषणाको आधारमा हेर्दा त्यसबेलाको समाज मातृसत्तात्मक थियो। त्यसमा उल्लेख गरिएको 'राजा' शब्दको अर्थ हेर्दा राजा भन्नाले सबैले चुनेको वा सबैले मन पराएको व्यक्तिलाई बुझिन्छ। उक्त अनुश्रुतिमा कुनै एक राजकुमारलाई कुनै वृद्ध महिलाले हरेक रात राजकुमार मर्नुको रहस्य बताएर, त्यहाँ आउने नागनागिनीलाई मार्ने खड्गसमेत दिएको पाइन्छ। खड्ग देवीको आयुध हो। जसबाट हामीले त्यो समाज मातृप्रधान थियो भन्ने अनुमान गर्न सक्छौं। बिस्तारै मातृसतात्मक समाजबाट पितृसतात्मक समाजको उदय हुन थालेको हुनसक्ने अनुमान गर्न सक्छौँ। 

बिस्का जात्राको नाम उल्लेख भएको सबैभन्दा पुरानो अनि भरपर्दो प्रमाण भनेको यक्ष मल्लको टौमढीको नेपाल संवत् (ने.सं.) ५६१ को शिलापत्र हो।

यही अनुश्रुतिलाई राजनीतिक दृष्टिले हेर्दै संस्कृतविद् ओम धौभडेल तत्कालीन समाज मातृसतात्मक समाज भएको हुन सक्ने बताउँछन्। 'हामीले इतिहासमा नागवंशीहरूको बारेमा थाहा पाउन सक्छौँ। 

'कथामा उल्लेख भएजस्तै नागनागिनी भनेका नाग वंश अर्थात् किँरातहरू नै हुनुपर्छ। राजकुमारी भनेको मातृसतात्मक समाजको प्रतीक हो' धौभडेल भन्छन्, 'राजकुमार पितृसतात्मक समाजको प्रतीक हो। नाग र नागिनीलाई मारेर राजकुमारले उनीहरूलाई झुन्ड्याउने निर्णय गरेबाट हामीले मातृसतात्मक समाजको पतन भई पितृसतात्मक समाजको उदय भएको अनुमान गर्न सक्छौं।'

यो कुरालाई आधार मान्ने हो भने पनि विस्का जात्रा नयाँ समाजको उदय भएको उपलक्ष्यमा मनाइएको उत्सव मान्न सकिन्छ। संस्कृतविद् धौभडेलका अनुसार बिस्का यात्रा किरातकाल देखि नै सुरू भएको प्रमाण ज्यादा छ।  मातृसत्तात्मक समाजभन्दा पितृसत्तात्मक समाज अनि चन्द्रमाको गति भन्दा सूर्यको गतिलाई लिच्छवीहरूले प्राथमिकता दिएका थिए।

सुरूमा बिस्का दुई दिनमात्र मनाइन्थ्यो। चैत्र शुक्ल मसान्तको दिन विश्वकेतु सहित योसीं उठाउने र वैशाख संक्रान्तिको दिन योसीं ढालेर जात्रा सम्पन्न गरिन्थ्यो। 

बिस्का जात्राको नाम उल्लेख भएको सबैभन्दा पुरानो अनि भरपर्दो प्रमाण भनेको यक्ष मल्लको टौमढीको नेपाल संवत् (ने.सं.) ५६१ को शिलापत्र हो। जसमा तत्कालीन नेपाल मण्डलको राजधानी भक्तपुर शहरमा वर्षभरि मनाउने विभिन्न जात्रा चाडपर्व संस्कृतिको उल्लेख गर्ने क्रममा 'विश्वजात्रा'को उल्लेख भएको छ। यहाँ विश्वजात्रा भनि बिस्केट जात्रालाई इंगित गरिएको। यक्ष मल्लको पालामा केकति कारणले विश्व जात्रा भनिएको हो, यसबारे गहन अध्ययनको आवश्यक रहेको छ।

वर्षभरि मनाइने जात्रा, चाडपर्व, संस्कृतिको उल्लेख गरेको ने.सं. ५६१ को टौमढीको शिलापत्र यसको ज्वलन्त उदाहरण हो। यस अवधिको करिव ३६७ वर्षजति भक्तपुर नेपाल मण्डलकै राजधानी भएको नाताले राजनैतिक प्रशासनिक एवम सामरिक दृष्टिकोणले मात्र नभई धार्मिक सांस्कृतिक कारणले समेत महत्त्वपूर्ण केन्द्र हुन पुग्यो। 

त्यस्तै ने.सं. ६४१ को भूमिसम्वन्धी तमसुक ताडपत्रमा 'विसक जात्रा' उल्लेख छ। ने.सं. ७१२ देखि जात्रा सम्बन्धमा टिपिएको र नेस ९१८ मा लेखिएको ठ्यासफुमा समेत ठाउँ-ठाँउमा विश्वजात्रा नै भनिएको देखिन्छ। यता ने.सं. ८०८ को राजा जितामित्र मल्लको अभिलेखमा 'विसक्यात' उल्लेख छ। त्यस्तै भक्तपुरका अर्का राजा भूपतिन्द्र मल्लको मालती चोकको अभिलेखमा पनि उही विसक्यात परेको छ।

यसै प्रमाणको आधारमा हामीले बिस्का जात्राको इतिहास थाहा पाउन सक्छौं। जसबाट बिस्का जात्रा प्राचीन काल देखि नै प्रचलनमा थियो भन्ने कुरा बलियो देखिन्छ।

(श्रेष्ठ 'त्रिवि नेपाली इतिहास संस्कृति र पुरातत्त्व विभाग'मा  अध्ययनरत छिन्)

प्रकाशित: Apr 14, 2022| 11:43 बिहीबार, वैशाख १, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।