काठमाडौं- २०७८ को अन्तिम दिन बुधबार सेयर बजार मापक नेप्से परिसूचकमा वृद्धि भएको छ। नेप्से परिसूचक ३०.२४ अंक बढेर २४१५.२४ विन्दुमा पुगेको हो।
बुधबार कारोबारमा आएका २२९ कम्पनीको ३३ लाख ९८ हजार कित्ता शेयर १ अर्ब ४७ करोड ६३ लाख रुपैयाँ बराबरको खरिदबिक्री भएको छ। नेप्से परिसूचकमा वृद्धि भए पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घटेको छ। अघिल्लो कारोबार दिन मंगलबार १ अर्ब ५२ करोडको शेयर खरिदबिक्री भएको थियो।
बुधबार नेप्सेका १३ वटै उपसमूहको परिसूचक बढेको छ । अन्य र लघुवित्त उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ भने बैंकिङ, विकास बैंक, होटल तथा पर्यटन र निर्जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ।
बुधबार नेष्डो समृद्ध लघुवित्तको शेयरमूल्य सर्वाधिक १० प्रतिशत बढेको छ। त्यस्तै आरएमडिसी लघुवित्तको शेयरमूल्य करिब ९ प्रतिशत बढेको छ भने राष्ट्र उत्थान लघुवित्तको शेयरमूल्य ७ प्रतिशतभन्दा बढी बढेको छ। त्यस्तै युनाइटेड इदी मार्दी र सारथी लघुवित्तको शेयरमूल्य २ प्रतिशत घटेको छ।
कारोबार रकमका आधारमा ८ करोड ४३ लाख ३४ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री गरेर शिवम् सिमेन्ट्स शीर्ष स्थानमा रहेको छ। अरुण भ्याली हाइड्रोपावरको ५ करोडभन्दा बढीको शेयर कारोबार भएको छ।