काठमाडौं- सिद्धार्थ इन्स्योरेन्सले कम्पनी स्थापनाको २० वर्ष पूरा गरेको छ। बुधबार इन्स्योरेन्सले राजधानीमा २०औँ वार्षिक साधारणसभा सम्पन्न गरेको हो।
साधरणसभाले १५ प्रतिशत बोनस लाभांश स्वीकृत गरेको छ। बोनस सेयर विवतरणमा १६ करोड ८० लाख रुपैयाँ खर्च हुने गर त्यसको करका लागि ०.७८९५ प्रतिशतले हुन आउने रकम ८८ लाख ४२ हजार रुपैयाँ नगद लाभांश पनि स्वीकृत भएको छ। कम्पनीले अघिल्लो आर्थिक वर्षको मुनाफाबाट पनि लगानीकर्तालाई १५ प्रतिशत लाभांश वितरण गरेको थियो।
साधारणसभामा बोल्दै कम्पनीका अध्यक्ष रतनलाल केडियाले विगत दुई वर्षयता कोभिडले सिद्धार्थको व्यवसायमा दुरगामी असर पारेको बताए। विकसित मुलुकमा बिमा व्यवसाय विशिष्टीकृत व्यवसायको रुपमा स्थापित भएको तर नेपालमा त्यस्तो अभ्यास अझै नभएको गुनासो गरेका थिए। यद्यपि केही समय अगाडि भन्दा बिमा क्षेत्र र दायरामा भने वृद्धि भएकाले बिमा व्यवासय विस्तार गर्न सहयोग हुने उनको भनाइ छ।
'घुम्ती बिमा, लघु बिमा मार्फत दायरा फराकिलो पार्ने र बजारको आवश्यकता अनुरुप नवीनतम बिमालेखमार्फत चेतनाको अभिवृद्धि गराई बिमालाई वित्तीय सुरक्षाको अभिन्न अङ्गका रुपमा स्थापित गर्न सकिने विश्वास लिएको छु,' साधारणसभामा उनले भने।
कार्यक्रममा बोल्दै इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) वीरेन्द्र वैदवार क्षेत्रीले हालसम्म सातै प्रदेशमा आफ्ना सेवा पुर्याउन सफल भएको दाबी गरे। 'चुक्ता पँजी तथा बिमा कोषको अवस्थाको ससमेत विश्लेषण गरी जोखिम धारण क्षमतामा समेत अभिवृद्धि गर्दै लगिएको छ। यसपटक जोखिम धारण क्षमतामा समेत वृद्धि भई व्यावसाय विस्तार गर्न थप सहयोग मिलेको छ। सासथै व्यावसायको वृद्धि ससँगै सुर्जित कोषबाट लागनीमा वृद्धि भई मुनाफामा समेत योगदान पुग्ने छ,' सीईओ क्षेत्रीले भने।
पारित भएको बोनस सेयर वितरण पश्चात् कम्पनीको चुक्ता पुँजी १ अर्ब २८ करोड ८० लाख पुग्ने छ। बिमा समितिले आगामी आर्थिक वर्ष निर्जीवन बिमा कम्पनीलाई साढे २ अर्ब चुक्ता पुँजी पुर्याउन निर्देशन दिएकाले हालको पुँजीको ९५ प्रतिशत पुजीँ वृद्धि गर्नुपर्ने छ।
गत आर्थिक वर्षमा कम्पनीले १ अर्ब २७ करोड २० लाख बराबरको दाबी भुक्तानी गरेको छ। यता अघिल्लो आर्थिक वर्षको तुलनामा कम्पनीको नेटवर्थ १३.२ प्रतिशतले वृद्धि भई २ अर्ब ४३ करोड ७३ हजार रुपैयाँ पुगेको छ।
कम्पनीले चालु आर्थिक वर्षको आठ महिनासम्ममा मात्रै १ लाख ६९ हजार ७ सय ११ बिमालेख बिक्री गरेर १ अर्ब ७३ करोड ८५ लाख ७० हजार रुपैयाँ कुल बिमा शुल्क आर्जन गरेको छ। यस वर्ष फागुन महिनामा मात्रै १९ हजार ४ सय ४६३ बिमालेख बिक्री गरेर २१ करोड ८० लाख ५६ हजार रुपैयाँ बिमा शुल्क आर्जन गरेको कम्पनीले जानकरी दिएको छ। फागुनमा सबैभन्दा बढी बिमा शुल्क आर्जन गर्नेको चौथो स्थानमा सिद्धार्थ इन्स्योरेन्स छ।
कम्पनीले २०५८ सालमा स्थापना भएर ०६२ सालको अन्त्यतिर बिमकको प्रमाणपत्र लिई २०६३ वैशाखदेखि व्यावसाय सुरु गरेको थियो। हाल कम्पनीले ९४ शाखा र ३ वटा एक्सटेन्सन काउन्टरमार्फत सेवा प्रवाह गर्दै आइरहेको छ।
तथ्यांकमा सिद्धार्थ