सोमबार, असोज १२, २०८३

सेन्चुरी बैंकको सीईओमा मनोज न्यौपाने नियुक्त

सेन्चुरी कमर्सियल बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा मनोज न्यौपाने नियुक्त भएका छन्।
 |  बुधबार, चैत ३०, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, चैत ३०, २०७८

काठमाडौं- सेन्चुरी कमर्सियल बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा मनोज न्यौपाने नियुक्त भएका छन्।

सञ्चालक समितिको बुधबार बसेको बैठकले वैशाख २ गतेदेखि लागू हुने गरी न्यौपानेलाई सीईओ प्रमुख कार्यकारी अधिकृत पदमा आगामी ४ वर्षकालागि नियुक्त गर्ने निर्णय गरेको हो। 

न्यौपानेले यसअघि साउन १ गतेबाट कार्यबाहक सीईओको जिम्मेवारी सम्हाल्दै आएका थिए। काठमाडौं विश्व विद्यालयबाट एमबीएमा स्नातकोत्तर गरेका न्यौपानेको बैंकिंङ्ग क्षेत्रमा १९ वर्ष भन्दा बढीको अनुभव छ। 

बैंक व्यवस्थापन, संचालन तथा व्यवसाय प्रर्वद्धनका क्षेत्रमा विशेष दख्खल राख्ने प्रष्ट वक्ता, कर्मर्सियल बैंकिंङ्ग तथा लेखा क्षेत्रमा सैद्धान्तिक एवं व्यवहारिक विज्ञता हासिल गरेका एक अनुभवी र कुशल व्यवस्थापकको रुपमा न्यौपाने बैकिङ्ग क्षेत्रमा परिचित छन्।

प्रकाशित: Apr 13, 2022| 12:58 बुधबार, चैत ३०, २०७८
प्रतिक्रिया दिनुहोस्