सोमबार, असोज १२, २०८३

सुनको मूल्य बढेर तोलाको एक लाख १५ सय पुग्यो

सुनको मूल्य फेरि बढेको छ। मंगलबार तोलामा आठ सय रुपैयाँले बढेको सुनको बुधबार पुन: ६ सय रुपैयाँले बढेको छ।
 |  बुधबार, चैत ३०, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, चैत ३०, २०७८

काठमाडौं- सुनको मूल्य फेरि बढेको छ। मंगलबार तोलामा आठ सय रुपैयाँले बढेको सुनको बुधबार पुन: ६ सय रुपैयाँले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज नेपाली बजारमा प्रति तोला सुनको मूल्य एक लाख १५ सय रुपैयाँ निर्धारण गरिएको छ।

अन्तर्राष्ट्रिय बजारमा नै मूल्य बढेकाले त्यसको प्रभाव नेपालमा पनि परेको हो। 

यस्तै, आज चाँदीको मूल्य पनि बढेर तोलाको १४ सय रुपैयाँमा पुगेको छ। मंगलबार चाँदीको मूल्य तोलामा १३ सय ८० रुपैयाँ थियो। आज चाँदीको मूल्य २० रुपैयाँले बढेको हो।

प्रकाशित: Apr 13, 2022| 11:03 बुधबार, चैत ३०, २०७८
प्रतिक्रिया दिनुहोस्