सोमबार, असोज १२, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • पूर्वगभर्नर भन्छन् - गभर्नर अधिकारीलाई लगाएको आरोप पुष्टि हुँदैन

पूर्वगभर्नर भन्छन् - गभर्नर अधिकारीलाई लगाएको आरोप पुष्टि हुँदैन

नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर डा.चिरञ्जीवी नेपालले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई सरकारले लगाएको आरोप पुष्टि नहुने बताएका छन्।
 |  मंगलबार, चैत २९, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, चैत २९, २०७८

काठमाडौं- नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर डा.चिरञ्जीवी नेपालले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई सरकारले लगाएको आरोप पुष्टि नहुने बताएका छन्। 

मंगलबार रिर्पोटर्स क्लबमा बोल्दै पूर्वगभर्नर नेपालले राष्ट्र बैंकका गभर्नर अधिकारीलाई सरकारले लगाएको आरोप पुष्टि नहुने बताएका हुन्। उनले नेपाल राष्ट्र बैंक ऐन २०५८ अनुसार स्वायत्त संस्था भएकाले सरकारले स्वायत्तता दिनुपर्ने बताए। वित्तीय स्वायत्तता दियो भने केन्द्रीय बैंकले वित्तीय स्थायीत्व गर्नसक्ने भन्दै नेपालले केन्द्रीय बैंकको स्वायत्तता हुनुपर्छ मन्‍ने मान्यता विश्वभरी रहेको दाबी गरे। उनले केन्द्रीय बैंक र अर्थ मन्त्रालय फरक–फरक रुपमा अगाडि बढ्ने भएकाले अर्थमन्त्री र गभर्नरबीच टसल भइरहने गरेको बताए। पूर्वगभर्नर नेपालले सरकारले स्वायत्त संस्थालाई हस्तक्षेप गर्दा अन्य काम गर्ने कर्मचारीहरुको मनोबल कमजोर हुने दाबी गरे। गभर्नर निलम्बन तथा दबाबमा नेपालमा मात्रै नभएर विश्वका ठूला राष्ट्रमा पनि यस्तो हुने गरेको नेपालको भनाई छ। उनले सरकार र राष्ट्र बैंक सञ्चालनमा छुटै कानुन भएकाले कानुन अनुसार चल्नु पर्ने बताए। राष्ट्र बैंकको काम मौद्रिक नीति बनाएर कार्यान्वयन गर्ने र देशमा वित्तीय स्थायीत्व जोगाउने शोधानान्तर स्थितिलाई राम्रो बनाउने, भुक्तानी प्रणालीलाई सुचारु गर्ने  र सरकारको सल्लाहकारको रुपमा काम गर्ने संस्था भएको नेपालले बताए।

उनले भने,‘अहिले अर्थतन्त्र केही परिर्वतन भएको हो तर अहिले बाहिर आए जस्तो भएको छ भन्‍ने मलाई लाग्दैन। नेपाल राष्ट्र बैंकलाई सरकारले नै बनाएको हो। गभर्नर पनि सरकारले नै बनाउने हो। राष्ट्र बैंकका सञ्चालक पनि सरकारले नै नियुक्ति गर्छ। त्यति फरक के हो भन्दा राष्ट्र बैंकको काम मौद्रिक नीति बनाएर कार्यान्वयन गर्ने र देशमा वित्तीय स्थायीत्व जोगाउने सोधानान्तर स्थितिलाई राम्रो बनाउने , भुक्तानी प्रणालीलाई सुचारु गर्ने  र सरकारको सल्लाहकारको रुपमा काम गर्ने हो।’

त्यस्तै पूर्वगभर्नर नेपालले प्रधानमन्त्री र मन्त्रीहरु सरकारमा आएपछि चुनावमा जनतासँग प्रतिबद्धता गरेका कुरा बजेटमार्फत पूरा गर्ने उद्देश्यले बजेट बजारमा धेरै छर्ने तर केन्द्रीय बैंक संकुचित सोचबाट हिँडने भएकाले दुबैको कुरा नमिल्ने दाबी गरे। दुबैको काम फरक भए पनि उद्देश्य भने देशको आर्थिक विकासको लागि सँगै समन्वय गरेर अगाडि बढ्ने गरेको बताए। विगत लामो समयदेखि नेपाल लगायत विश्वका सबै देशमाहरुमा अर्थमन्त्री र गभर्नरबीच टकराव हुने गरेको दाबी नेपालले गरे।

उनले भने, ‘अब नेपाल सरकार र अर्थमन्त्रालयको काम राजनीति गर्ने र प्रधानमन्त्री-मन्त्री बन्ने हो। प्रधानमन्त्री मन्त्री बन्दा उनीहरुको उद्देश्य अनुसार चुनाव लड्दा कति कुराहरु जनताप्रति प्रतिवद्धता गरेको हुन्छ। त्यसलाई बजेट मार्फत योजना ल्याएर उद्देश्यहरु पूरा गर्ने हो। चुनावमा प्रतिवद्धता जनाएका कुराहरु सरकारमा आएपछि छोटो समयको लागि भोटरहरुलाई  खुसी पार्नको लागि ल्याउने गर्दछन्।'

पूर्व गभर्नर नेपालले कोरोना महामारीपछि केन्द्रिय बैंकले उद्योगी व्यवसायीहरुलाई सम्बोधन गर्ने कुरामा दुई वर्ष नै निरन्तरताको कारण कर्जा विस्तार अत्याधिक भएको बताए। उनले राष्ट्र बैंकले कर्जा प्रवाह नियन्त्रण गर्न नसक्दा बजारमा तरलताको अभाव भएको बताउनु भयो। नेपालले यो वर्ष नेपालको ऐतिहासमा पहिलो पटक ३२ प्रतिशत कर्जा विस्तार भएको दाबी गरे। 

उनले भने,‘अहिलेको स्थिति कस्तो भयो भन्दा कोरोना महामारी आएपछि व्यापारी व्यवसायीहरुलाई के थियो भने नेपाल र संसारभरी बजेट मार्फत विभिन्‍न कार्यक्रमहरु लिएर आएको थियो। नेपालमा त्यति बेला बजेट मार्फत आउनु पर्ने थियो आएन। सम्बोधन गर्न खोज्दा व्यापारी व्यवसायी पुर्नसंरचना गर्ने,पुनःतालिकरण गर्ने, ब्याज दिने समयदेखि लिएर हरेक कुराहरु केन्द्रीय बैंकले सम्बोधन जुन रुपमा सरकारले सम्बोधन गर्ने हो त्यो राष्ट्र बैंकले केही हदसम्म सर्पोट भएकै हो।'

 

प्रकाशित: Apr 12, 2022| 20:20 मंगलबार, चैत २९, २०७८
प्रतिक्रिया दिनुहोस्