सोमबार, असोज १२, २०८३

२३ सयको लाइनमा झर्‍यो नेप्से

साताको दोस्रो दिनको कारोबारमा मंगलबार पनि परिसूचकमा गिरावट आएको छ। सोमबार ४४.५६ अंकले घटेको मंगलबार पनि नेप्से परिसूचक ३४.७८ अंक घटेर २३८५.०१ विन्दुमा झरेको छ।
 |  मंगलबार, चैत २९, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, चैत २९, २०७८

काठमाडौं- साताको दोस्रो दिनको कारोबारमा मंगलबार पनि परिसूचकमा गिरावट आएको छ। सोमबार ४४.५६ अंकले घटेको मंगलबार पनि नेप्से परिसूचक ३४.७८ अंक घटेर २३८५.०१ विन्दुमा झरेको छ। 

मंगबार कारोबारमा आएका २३७ कम्पनीका ३७ लाख ८३ हजार २४ कित्ता शेयर १ अर्ब ५२ करोड ४३ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। सोमबारको तुलनामा नेप्से सूचकसँगै कारोबार रकम गिरावट आएको छ ।  सोमबार २ अर्ब २६ करोड ७ लाख ८६ हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको थियो।

नेप्सेका १३  उपसमूह मध्ये होटल तथा पर्यटन उपसमुहको सूचक बढेको छ। होटल तथा पर्यटन उपसमुहको सूचक ०.१० प्रतिशतले बढेको छ। त्यस्तै अन्य उपसमुहको सूचक सबैभन्दा बढी २.३२ प्रतिशतले घटेको छ।

मंगलबार नेप्से सूचक ओरालो लागे पनि नेष्डो लघुवित्त वित्तीय संस्थोको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। नेष्डो समृद्ध लघुवित्त शेयरमूल्य १० प्रतिशतल बढेको छ। तर यता  इमर्जिङ्ग नेपाल, यादी हाइड्रोपावर, घलेम्दी हाइड्रो, राष्ट्र उत्थान लघुवित्त र हिमाल दोलखा हाइड्रोपावर शेयर मूल्य गिरावट आएको छ।

कारोबार रकमका आधारमा ५ करोड ७५ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री गरेर  हिमालयन डिस्टिलरी शीर्ष स्थानमा रहेको छ ।त्यस्तै दोस्रोमा नविल बैंकको ४ करोड ३४ लाख रुपैयाँको शेयर खरिदबिक्री भएको छ।

प्रकाशित: Apr 12, 2022| 18:37 मंगलबार, चैत २९, २०७८
प्रतिक्रिया दिनुहोस्