सोमबार, असोज १२, २०८३

आठ महिनामा १.७ प्रतिशतले घट्यो रेमिटेन्स

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ८.७ प्रतिशतले बढेको थियो। यो अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या २ लाख २७ हजार ९०० पुगेको छ।
 |  मंगलबार, चैत २९, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, चैत २९, २०७८

काठमाडौं- चालु आर्थिक वर्षको आठ महिनामा रेमिटेन्स १.७ प्रतिशतले घटेर ६ खर्ब ३१ अर्ब १९ करोड कायम भएको छ।

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ८.७ प्रतिशतले बढेको थियो। यो अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या २ लाख २७ हजार ९०० पुगेको छ। 

अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या २.९ प्रतिशतले घटेको मंगलबार राष्ट्र बैंकले प्रकाशित गरेको तथ्यांकमा उल्लेख गरिएको छ।

त्यसै गरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा २४०.९ प्रतिशतले वृद्धि भई १,७,२६२ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ७०.२ प्रतिशतले घटेको थियो।

प्रकाशित: Apr 12, 2022| 13:19 मंगलबार, चैत २९, २०७८
प्रतिक्रिया दिनुहोस्