मंगलबार, साउन २६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • पनौतीमा १२ वर्षमा एक पटक लाग्ने 'हरसिद्धि जात्रा' सुरु

पनौतीमा १२ वर्षमा एक पटक लाग्ने 'हरसिद्धि जात्रा' सुरु

ललितपुरको हरसिद्धि गाउँबाट देवगणहरूसहितले ल्याएको देवतालाई पनौती बजारमा रहेको हरसिद्धि पाटीमा राखेर पूजाआजा गर्ने र बोका बलि चढाएर बजार परिक्रमा गरेर पहिलो दिनको जात्रा सम्पन्न गरेको छ।
 |  मंगलबार, चैत २९, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, चैत २९, २०७८

काभ्रेपलाञ्चोक- पनौतीमा १२ वर्षमा एक पटक लाग्ने हरसिद्धि जात्रा सोमबारदेखि सुरु भएको छ। ललितपुरको हरसिद्धि गाउँबाट देवगणहरूसहितले ल्याएको देवतालाई पनौती बजारमा रहेको हरसिद्धि पाटीमा राखेर पूजाआजा गर्ने र बोका बलि चढाएर बजार परिक्रमा गरेर पहिलो दिनको जात्रा सम्पन्न गरेको छ।

हरसिद्धि पाटीमा राखेर पूजा गरी त्यहाँबाट त्रिवेणीघाटमा रहेको वासुकी नागमा जल चढाएर थुमा (भेडा)को बली चढाई पुनः बजार परिक्रमा गर्दै देवघरमा लगेर देवता बिसाउने र फेरि हरसिद्धि डबलीमा देवता पुर्‍याएर राख्ने चलन रहेको जात्राका आर्थिक संयोजक पुरुषोत्तम कर्माचार्यले बताए।

उनका अनुसार भोलि बिहानैदेखि नाचगान सुरु हुने र पर्सिको दिन जात्रा समापन गरी वैशाख १ गते हरसिद्धि देवघरमा पूजापश्चात देवगणहरू फर्किने कार्यक्रम रहेको छ। ६० वर्षदेखि पनौतीमा पनि मनाउन थालिएको सो जात्रा विविध कारणले निरन्तररूपमा मनाउन नसकेको अवस्थामा आजदेखि पुनः जात्रा सुरु भएको जात्रा मूल व्यवस्थापन समितिले जनाएको छ।

यसअघि २०६६ सालमा जनसहभागिताबाट रकम सङ्कलन गरेर भव्यरूपमा जात्रा सञ्चालन गरेकोमा त्यसको ठीक १२ वर्षपछि सोमबारदेखि जात्रा सुरु भएको जात्रा मूल व्यवस्थापन समितिका संयोजक सुरेश सैँजुले बताए।

उनका अनुसार जात्रा सञ्चालनका लागि पनौती नगरपालिकाबाट १५ लाख प्राप्त गरिसकेको र नपुग रकमका लागि आजीवन सदस्यता शुल्कको प्राप्त ब्याजबाट व्यवस्थापन गर्ने गरी जात्रा सञ्चालन भइरहेको हो।

त्रिशक्ति हरसिद्धिको पनौतीमा बास रहुञ्जेल अन्य बाजा बजाउन नहुने र पूजामा कुखुराको मासु, अण्डा र लसुन मनाही गरिएको छ। करीब दुई हजार वर्ष पहिले प्रारम्भ भएको मानिने हरसिद्धि नाँच राजा विक्रमादित्यद्वारा सुरु गरिएको मानिन्छ।

ऐतिहासिक, धार्मिक, सांस्कृतिक एवं पर्यटकीय दृष्टिकोणले आफ्नै भिन्न पहिचान भएको प्राचीन नगर पनौती विशेषगरी हिन्दू र बौद्ध धर्मावलम्बीहरूको एक तीर्थस्थलका साथै यहाँका सांस्कृतिक एवं पुरातात्विक सम्पदाको हिसाबले पनि खुला जीवित सङ्ग्रहालयको रूपमा परिचित छ।

प्रकाशित: Apr 12, 2022| 06:29 मंगलबार, चैत २९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।