सोमबार, असोज १२, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • एनएमबी बैंक र प्राक्टिकल एक्सनको सहकार्यमा ५२ हजार थान चुल्हो वितरण

एनएमबी बैंक र प्राक्टिकल एक्सनको सहकार्यमा ५२ हजार थान चुल्हो वितरण

एक्सनको दक्षिण एसिया क्षेत्रीय कार्यालय काठमाण्डौंको 'परिणामुखी वित्तीय सहजीकरण' परियोजना अन्तर्गत ५२ हजार चुल्हो वितरण गरिएको बैंकले जानकारी दिएको छ। बैकले यो परियोजनाका लागि कोष व्यवस्थापनको काम गरेको छ।
 |  सोमबार, चैत २८, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, चैत २८, २०७८

काठमाडौं- एनएमबि बैंक लिमिटेड र प्राक्टिकल एक्सनको सहकार्यमा ५२ हजार थान सुधारिएको चुल्हो वितरण गरिएको छ।

एक्सनको दक्षिण एसिया क्षेत्रीय कार्यालय काठमाण्डौंको 'परिणामुखी वित्तीय सहजीकरण' परियोजना अन्तर्गत ५२ हजार चुल्हो वितरण गरिएको बैंकले जानकारी दिएको छ। बैकले यो परियोजनाका लागि कोष व्यवस्थापनको काम गरेको छ। 

ग्रामीण भेगका जनताको जीवनस्तर सुधार गर्ने उद्देश्यका साथ नुवाकोट, धादिङ्ग, गोर्खा, रसुवा, चितवन, मकवानपूर, पर्वत, म्याग्दि, बाग्लुङ्ग, अर्घाखांची, गुल्मि र स्याङ्गजाका विभिन्न ग्रामीण भेगमा सुधारिएको चुल्हो वितरण गरिएको हो।

बैंकले गैरनाफामुखी विभिन्न परियोजनासँग सहकार्य गरेर सेवा प्रदान गर्दै आइरहेको छ। 

प्रकाशित: Apr 11, 2022| 18:55 सोमबार, चैत २८, २०७८
प्रतिक्रिया दिनुहोस्