सोमबार, असोज १२, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • साढे तीन अर्ब निक्षेप बढ्दा कर्जा विस्तार दुई अर्ब बढ्यो

साढे तीन अर्ब निक्षेप बढ्दा कर्जा विस्तार दुई अर्ब बढ्यो

पछिल्लो एक साता (चैत २०-२५गतेसम्म) मा वाणिज्य बैंकहरुको निक्षेप साढे ३ अर्ब थपिएको छ।
 |  सोमबार, चैत २८, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, चैत २८, २०७८

काठमाडौं– पछिल्लो एक साता (चैत २०-२५गतेसम्म) मा वाणिज्य बैंकहरुको निक्षेप साढे ३ अर्ब थपिएको छ। नेपाल बैंकर्स संंघका अनुसार यस अविधमा वाणिज्य बैंकहरुमा ३ अर्ब ५१ करोड रुपैयाँ निक्षेप बढेको हो।

सँगै बैंकिङ प्रणालीमा गत शुक्रबारसम्ममा ४३ खर्ब ३४ अर्ब  ६ करोड रुपैयाँ निक्षेप थियो। अघिल्लो साताको शुक्रबार यो रकम ४३ खर्ब ३० अर्ब ५५ करोडमात्रै थियो। 

निक्षेपमा यो सातामा भने उत्साहजनक वृद्धि भएको हो। अघिल्लो साता ८० करोडको हाराहारीमा मात्रै निक्षेप वृद्धि भएकोमा यो साता साढे ३ अर्ब बढेको हो। 

निक्षेपमा वृद्धि भए पनि कर्जा प्रवाहमा भने अघिल्लो साताको तुलनामा संंकुचन देखिएको छ। अघिल्लो साता कर्जा विस्तार करिब पौने ६ अर्ब बढेको थियो भने गत साता भने २ अर्ब ५ करोडमा सीमित भएको छ। 

अघिल्लो साताको शुक्रबारसम्म बैंकिङ प्रणालीमा भएको कर्जा विस्तारको रकम ४१ खर्ब ७५ अर्ब ३४ करोड थियो भने गत साताको अन्तिम बैंकिङ कारोबार दिनसम्म आइपुग्दा वाणिज्य बैंकहरुको कर्जा विस्तार रकम ४१ खर्ब ७७ अर्ब ३९ करोड कायम भएको हो।

संघका अनुसार बैंकहरुको कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) ९१.२२ प्रतिशत रहेको छ। राष्ट्र बैंकले यो आर्थिक वर्षको अन्त्यसम्ममा यस्तो रेसियो ९० प्रतिशत बनाउन निर्देशन दिएको छ।

प्रकाशित: Apr 11, 2022| 18:04 सोमबार, चैत २८, २०७८
प्रतिक्रिया दिनुहोस्