अर्थमन्त्री जनार्दन शर्माले मुलुकको अर्थतन्त्रमा ठूलो संकट नआएको दाबी गरेका छन्।
आज सोमबार अर्थ मन्त्रालयमा पत्रकार सम्मेलन आयोजना गरेका मन्त्री शर्माले चालू आर्थिक वर्षको अहिलेसम्मका आर्थिक सूचकांकहरु प्रस्तुत गर्दै अर्थतन्त्र बाहिर हल्ला भएजस्तो नबिग्रिएको दाबी गरे।
उनले भने, ‘अर्थतन्त्रमा ठूलो संकट आएको छैन। यो विषयलाई राजनीतिकरण गरिएको छ। जनतालाई हतोत्साही बनाउने काम भएको छ।’
पत्रकार सम्मेलनमा अर्थमन्त्रीले अर्थतन्त्रमा संकट आउन नदिन विभिन्न उपाय अवलम्बन गरिएको बताए। सरकारी कर्मचारीको इन्धन सुविधा २० प्रतिशत कटौती गरिएको जानकारी उनले दिए।
मन्त्रालयका सचिव मधुकुमार मरासिनीले कतिपय कुरा विषयान्तर पनि भएको बताए।