सोमबार, असोज १२, २०८३

मेलम्ची खानेपानी दोस्रोपटक उद्घाटन हुँदै

मेलम्ची खानेपानी आयोजना दोस्रो पटक उद्घाटन हुने भएको छ।
 |  सोमबार, चैत २८, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, चैत २८, २०७८

काठमाडौं– मेलम्ची खानेपानी आयोजना दोस्रो पटक उद्घाटन हुने भएको छ।

भोलि मंगलबार सिन्धुपाल्चोकको अम्बाथान अडिटमा पुगेर प्रधानमन्त्री शेरबहादुर देउवा र खानेपानी मन्त्री उमाकान्त चौधरीले उद्घाटन गर्न लागेका हुन्।

मेलम्ची खानेपानी विकास समितिका अनुसार हेडवर्क्स र सुरूङ सफा गर्ने काम सकिएको छ। गत असारमा आएको बाढीले हेडवर्क्स पुरेको थियो भने सुरूङमा सामान्य क्षति पुगेको थियो। मंगलबार अम्बाथानबाट सुरूङमा पानी हालिने र सो पानी सुन्दरीजलस्थित वाटर ट्रिटमेन्ट प्लान्टमा आइपुग्ने खानेपानी मन्त्रालयले जनाएको छ। काठमाडौंका धारामा पानी आइपुग्न भने एक–दुई दिन लाग्ने बताइएको छ।

गत वर्ष चैत १७ गतेबाट राजधानीमा मेलम्ची खानेपानी आयोजनाको पानी झार्न थालिएको थियो। वैशाखमा दोस्रो चरणमा गरेर राजधानीमा १७ करोड लिटर पानी वितरण थालिएको थियो। त्यतिबेला राष्ट्रपति विद्यादेवी भण्डारीले भृकुटीमण्डपमा जडान गरिएको धारा खोलेर मेलम्ची खानेपानीको उद्घाटन गरेकी थिइन्।

सुरूङ परीक्षणका लागि असार १ गते मेलम्ची आयोजना विकास समितिले सुरूङमा पानी बन्द गरेको थियो भने त्यसको भोलिपल्टै मेलम्ची नदीमा बाढी आएको थियो।


प्रकाशित: Apr 11, 2022| 15:58 सोमबार, चैत २८, २०७८
प्रतिक्रिया दिनुहोस्