सोमबार, असोज १२, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • गभर्नर निलम्बनबारे प्रष्टीकरण दिन पत्रकार सम्मेलन बोलाए अर्थमन्त्रीले

गभर्नर निलम्बनबारे प्रष्टीकरण दिन पत्रकार सम्मेलन बोलाए अर्थमन्त्रीले

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरेपछि विवादमा परेका अर्थमन्त्री जनार्दन शर्माले आफ्नो धारणा राख्न पत्रकार सम्मेलन आयोजना गरेका छन्।
 |  सोमबार, चैत २८, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, चैत २८, २०७८

काठमाडौं– नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरेपछि विवादमा परेका अर्थमन्त्री जनार्दन शर्माले आफ्नो धारणा राख्न पत्रकार सम्मेलन आयोजना गरेका छन्।

अर्थमन्त्री शर्माले आज सोमबार अपराह्न चार बजे मन्त्रालयमा नै पत्रकार सम्मेलन बोलाएका हुन्। 

त्यसक्रममा अर्थमनत्रीले गभर्नरलाई निलम्बन गर्नुको कारणबारे स्पष्ट पार्ने बताइएको छ। अर्थतन्त्र समस्यामा परिसक्दा पनि अर्थ मन्त्रालयलाई नसघाएको तथा सूचना लुकाएको आरोपमा अर्थमन्त्री शर्माकै सिफारिसमा गभर्नर अधिकारीमाथि छानबिन गर्न समिति गठन भएपछि गभर्नर अधिकारी स्वतः निलम्बनमा परेका छन्।


प्रकाशित: Apr 11, 2022| 13:01 सोमबार, चैत २८, २०७८
प्रतिक्रिया दिनुहोस्