काठमाडौं- नेपाल राष्ट्र बैंकले सोमबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर यस प्रकार छ- राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२१ रुपैयाँ १४ पैसा र बिक्री दर १२१ रुपैयाँ ७४ पैसा कायम गरेको छ।
युरो एकको खरिद दर १३१ रुपैयाँ ७८ पैसा र बिक्री दर १३२ रुपैयाँ ४३ पैसा कायम गरिएको छ। पाउन्ड स्टर्लिङ एकको खरिद दर १५७ रुपैयाँ ८८ पैसा र बिक्री दर १५८ रुपैयाँ ६६ पैसा छ। यस्तै, स्विस फ्रेङ्क एकको खरिद दर १२९ रुपैयाँ ५९ पैसा र बिक्री दर १३० रुपैयाँ २३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
अस्ट्रेलियन डलर एकको खरिद दर ९० रुपैयाँ ३२ पैसा र बिक्री दर ९० रुपैयाँ ७७ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिद दर ९६ रुपैयाँ ३७ पैसा रहेको छ भने बिक्री दर ९६ रुपैयाँ ८५ पैसा छ।
जापानी येन १० को खरिद दर ९ रुपैयाँ ७४ पैसा र बिक्री दर ९ रुपैयाँ ७९ पैसा रहेको छ भने चिनियाँ यूआन एकको खरिद दर १९ रुपैयाँ ०३ पैसा र बिक्री दर १९ रुपैयाँ १३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
यस्तै, साउदी अरबियन रियाल एकको खरिर दर ३२ रुपैयाँ ३० पैसा र बिक्री दर ३२ रुपैयाँ ४६ पैसा रहेको छ भने कतारी रियाल एकको खरिद दर ३३ रुपैयाँ २३ पैसा र बिक्री दर ३३ रुपैयाँ ४० पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचनाामा उल्लेख छ।
मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ७० पैसा छ भने बिक्री दर २८ रुपैयाँ ८४ पैसा रहेको छ। यसैगरी कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ ८५ पैसा र बिक्री दर ९ रुपैयाँ ९० पैसा कायम गरिएको राष्ट्र बैंकले जनाएको छ। -यस्तो छ आजको विनिमय दर