शुक्रबार, वैशाख २१, २०८१
  • गृहपृष्ठ
  • प्रदेश
  • बोक्सी आरोपमा मलमूत्र खुवाइएकी राधादेवीको २४ वर्षपछि फेरि जनप्रतिनिधि हुने इच्छा

बोक्सी आरोपमा मलमूत्र खुवाइएकी राधादेवीको २४ वर्षपछि फेरि जनप्रतिनिधि हुने इच्छा

स्थानीय फूलचन्द मण्डलकी श्रीमती ३० वर्षीया फुलियादेवी मण्डललाई विषालु सर्पले डसेपछि झारफुकका लागि स्थानीय धामी रोमी मियाँकहाँ लगियो। धामीले ‘घरनजिकै पतिको मृत्यु भएको कोही महिला छ भने त्यो बोक्सी हो, त्यसैले सर्पले पठाएर डस्न लगाई’ भनिदिए।
 |  आइतबार, चैत २७, २०७८

नेत्र पी अधिकारी

नेत्र पी अधिकारी

आइतबार, चैत २७, २०७८

विराटनगर (बुधनगर)– विराटनगर–१८ खोक्साहाकी ६० वर्षीया राधादेवी मण्डल २६ वर्षअघिको घटना सम्झँदा अहिले पनि बरर्र आँसु झार्छिन्। बोल्दाबोल्दै भक्कानिन्छिन्। २०५२ सालको घटना अझै पनि उनका लागि ताजै छ। बिर्सन सकुन् पनि कसरी! 

triton college

स्थानीय फूलचन्द मण्डलकी श्रीमती ३० वर्षीया फुलियादेवी मण्डललाई विषालु सर्पले डसेपछि झारफुकका लागि स्थानीय धामी रोमी मियाँकहाँ लगियो। धामीले ‘घरनजिकै पतिको मृत्यु भएको कोही महिला छ भने त्यो बोक्सी हो, त्यसैले सर्पले पठाएर डस्न लगाई’ भनिदिए। विषालु सर्पले डसेकी महिलाको धामीकहाँ लगे पनि अवस्था झन् खराब हुँदै गयो। उनीहरुले धामीको घरबाट उठाएर अस्पताल पुर्याएको केही समयमा फुलियादेवीको मृत्यु भयो। अस्पतालबाट शव सहित आएका फूलचन्द र स्थानीयबासीले राधादेवीलाई दुर्व्यवहार गर्न थाले। उनले भनिन्, ‘म बोक्सी हैन भन्दा पनि छाडेनन्।’

श्रीमान् गुमाएको पीडा विस्तारै भुल्दै गएकी उनलाई बोक्सीको आरोपमा मानव मलमूत्र खुवाइयो, लगाएका कपडा च्यातेर गाउँ घुमाइयो, गाउँ निकालासम्मको तयारी स्थानीयबासीले गरे। गाउँटोलमा उनका पक्षमा बोलिदिने, उनलाई सान्त्वना दिने कोही भएनन्। न माथिसम्म पहुँच, न साथमा पैसा। उनीसँग केही थिएन।

सामान्य परिवारकी मण्डलले श्रीमान् मुखीलाल मण्डललाई गुमाएको एक वर्ष पुग्न लाग्दै थियो। क्षयरोगका कारण उनले श्रीमान् गुमाएकी थिइन्। क्षयरोगको उपचारबारे उनलाई थाहा पनि थिएन। गरिबीका कारण  उपचार गराउन सकिनन्। पतिनको भरमा परिवार चलेको थियो। ४ छोरालाई पालनपोषणमै उनलाई समस्या थियो। समस्यै–समस्याबाट गुज्रिएकी राधादेवीलाई बोक्सीको आरोपमा स्थानीयबासीले गरेको कुटपिट र दुर्व्यवहारले उनलाई झन् पीडा दियो। 

स्थानीय फूलचन्द मण्डलकी श्रीमती ३० वर्षीया फुलियादेवी मण्डललाई विषालु सर्पले डसेपछि झारफुकका लागि स्थानीय धामी रोमी मियाँकहाँ लगियो। धामीले ‘घरनजिकै पतिको मृत्यु भएको कोही महिला छ भने त्यो बोक्सी हो, त्यसैले सर्पले पठाएर डस्न लगाई’ भनिदिए। 

स्थानीय एक नेताले तत्कालिन एमाले मोरङका सचिव जीवन घिमिरे समक्ष घटनाबारे जानकारी गराए। घिमिरे नेतृत्वको टोली लगत्तै राधादेवीलाई भेट्न उनको घरमा पुग्यो। राधादेवी कुनै दलमा आबद्ध थिइनन्। उनलाई गाउँबाट निकाला गर्ने सुनेका घिमिरेले स्थानीयबासीको भेला गरे। राधादेवीलाई स्थानीयबासीका तर्फबाट मानवीय व्यवहार नभएको बताए। उनले गाउँ निकाला गर्ने अधिकार स्थानीयबासीलाई कहाँ छ भनेर भने। नेता घिमिरेको सहयोगमा उनले स्थानीय प्रहरीमा उजुरी गरिन्। मण्डलले भनिन्, ‘समाजमा जिउन नसक्ने भएको अवस्थामा पुगेकी मलाई जीवन दाजुले सान्त्वना दिनुभयो।’

corrent noodles
Metro Mart

प्रहरीमा उजुरीपछि मलमूत्र खुवाएर कुटपिट गर्ने नेतृत्व लिएका फुलचन्द मण्डल लगायतका व्यक्तिहरु उनलाई दैनिक भेट्न आउन थाले। मुद्दा फिर्ता लिन भने। राधादेवी सम्झिन्छिन्, ‘फुलचन्दले मुद्दा फिर्ता लेऊ ५० हजार दिन्छु, तिमीलाई श्रीमती बनाउँछु, छोराहरुलाई आफ्नै छोराहरु समान गरी पाल्छुसम्म भने।’ तर राधादेवीले फुलचन्दका कुनै पनि आश्वासनलाई मानिनन्। उनले सुनाइन्,  ‘मलाई बोक्सीको आरोपमा दुर्व्यवहार गर्नेले श्रीमती बनाउँछुसम्म भनेर भन्न भ्यायो।’ प्रहरीले अदालतमा मुद्दा दर्ता गर्यो। उनका पक्षमा वकिलहरु हेमराज पन्त, तुलबहादुर श्रेष्ठ, लीलाबल्लभ अधिकारी लगायतले सहयोग गरे। मुद्दा दर्ता गरेको दुई वर्षपछि उनले न्याय पाइन्।

स्वतन्त्रबाट उम्मेदवारी 

०५४ सालको स्थानीय निर्वाचनमा उनलाई उम्मेदवार बनाइयो। आफूलाई उम्मेदवार बनाउनमा नेता घिमिरेले धेरै सहयोग गरेको राधादेवी बताउँछिन्। उनले तत्कालिन बुधनगर गाविस वडा नम्बर ४ बाट सदस्यमा उम्मेदवारी दिइन्। तर, उनी भोट माग्न कतै गइनन्। उनलाई भेट्न स्थानीय घरमै आउन थाले। स्थानीयले नै भोट मागिदिए। उन घरबाट कतै निस्किनन्, निर्वाचन सकियो।

उनले भारी मतका साथ वडा सदस्यमा निर्वाचित भइन्। वडा सदस्यमा निर्वाचित भएपछि मण्डल एमालेमा प्रवेश गरेकी थिइन्। उनले आफूले जीवनमा महत्वपूर्ण उपलब्धि हाँसल गरेको बताइन्। जनप्रतिनिधि भएपछि बोक्सी प्रथाविरुद्ध चेतनामूलक अभियान चलाइन्। आफूविरुद्ध लागेकाहरु सबैले आफ्नो अभियानमा साथ दिएको उनले सुनाइन्।

फेरि जनप्रतिनिधि हुने इच्छा 

२४ वर्षपछि राधादेवीलाई फेरि जनप्रतिनिधि हुने इच्छा छ। स्थानीय स्तरमा राम्रोसँग नेतृत्व गर्दै आएकी उनले पार्टीले टिकट दिए फेरि वडा सदस्य भएर काम गर्ने इच्छा रहेको सुनाइन्। समाजमा अझै पनि कुप्रथा कायमै रहेकाले यसलाई निर्मूल पार्न फेरि जनप्रतिनिधि भएर काम गर्ने इच्छा रहेको उनले बताइन्।

उनका समकालिन जनप्रतिनिधि सिकन्दर आलमले राधादेवीमा काम गर्ने आँट रहेको बताए। उनले भने, ‘उहाँले अहिले गाउँको नेतृत्व लिनुभएको छ।’ हरेक कामका लागि स्थानीयले उहाँलाई खोज्ने गरेको आलमको भनाइ छ। उनले भने,‘ अहिले पनि उहाँ क्रियाशील हुनुहुन्छ।’

प्रकाशित: Apr 10, 2022| 17:01 आइतबार, चैत २७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।