सोमबार, असोज १२, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • देशको अर्थतन्त्र सञ्चारमाध्यममा आएजस्तो डरलाग्दो छैन : मुख्यसचिव वैरागी

देशको अर्थतन्त्र सञ्चारमाध्यममा आएजस्तो डरलाग्दो छैन : मुख्यसचिव वैरागी

मुख्यसचिव शंकरदास वैरागीले मुलुकको अर्थतन्त्र बाहिर सञ्चारमाध्यममा आएजस्तो डरलाग्दो नभएको दाबी गरेका छन्। नेपाल चेम्बर अफ कमर्सले आइतबार राजधानीमा आयोजना गरेको कार्यक्रममा मुख्यसचिव वैरागीले यस्तो दाबी गरेका हुन्।
 |  आइतबार, चैत २७, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, चैत २७, २०७८

काठमाडौं- मुख्यसचिव शंकरदास वैरागीले मुलुकको अर्थतन्त्र बाहिर सञ्चारमाध्यममा आएजस्तो डरलाग्दो नभएको दाबी गरेका छन्। नेपाल चेम्बर अफ कमर्सले आइतबार राजधानीमा आयोजना गरेको कार्यक्रममा मुख्यसचिव वैरागीले यस्तो दाबी गरेका हुन्। 

अर्थतन्त्रलाई नयाँ ढंगले अघि बढाई त्यसमा सफलता हात पार्न सक्षम हुनेछौं भन्ने मान्यताका आधारमा काम गर्नुपर्ने आवश्यक्ता पनि औँल्याएका थिए। ‘मुलुकको आर्थिक अवस्था बाहिर छापामा आएजस्तो डरलाग्दो होइन । हामीले यस्तो गलत सन्देश पटकै दिन हुँदैन,' उनले भने, 'हामी अर्थतन्त्रलाई नयाँ ढंगले अघि बढाउन सक्षम छौं भन्ने विश्वासका साथ काम गर्नुपर्छ । त्यसका लागि आयातमा हाल देखिएको संकट समाधान गर्दै जाने र मुलुकमा पर्यटक भित्र्याउने खालका कामलाई तीव्रता दिनुपर्छ।’

मुख्यसचिव बैरागीले मुलुकको अर्थतन्त्रलाई सबल बनाउनका लागि सरकारले ऊर्जा क्षेत्रको विकास, पर्यटन क्षेत्रको विकासमा बढि जोड दिएको दाबी गरेका थिए।  

प्रकाशित: Apr 10, 2022| 16:34 आइतबार, चैत २७, २०७८
प्रतिक्रिया दिनुहोस्