बुधबार, कात्तिक ११, २०८३

'आरआरआर'ले कमायो एक हजार करोड

एसएस राजामौली निर्देशित दक्षिण भारतीय फिल्म ‘आरआरआर’ले विश्वभरबाट एक हजार करोड (१० अर्ब) कमाइ गरेको छ।
 |  आइतबार, चैत २७, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, चैत २७, २०७८

काठमाडौं– एसएस राजामौली निर्देशित दक्षिण भारतीय फिल्म ‘आरआरआर’ले विश्वभरबाट एक हजार करोड (१० अर्ब) कमाइ गरेको छ। निर्माण टिमले आइतबार हजार करोड कमाएको पोस्टर सेयर गर्दै यो जानकारी दिएको हो।

भारतबाट एक हजार करोड कमाउने यो तेस्रो फिल्म हो। यसअघि राजामौलीले नै निर्देशन गरेको ‘बाहुबली २’ र नितेश तिवारी निर्देशित ‘दंगल’ले विश्वभरबाट हजार करोडभन्दा बढी कमाइ गरेका थिए। 

आरआरआरले पहिलो हप्ता नै सात सय करोड कमाइ गरेको थियो। तेस्रो हप्तामा फिल्मले हजार करोडको आँकडा छोएको हो। फिल्ममा रामचरण र जुनिएर एनटीआरको मुख्य भूमिका छ।

ब्रिटिसकालीन समयको मित्रताको कथामा आधारित यो फिल्ममा अजय देवगण र आलिया भट्टको पनि छोटो भूमिका छ। 

प्रकाशित: Apr 10, 2022| 14:45 आइतबार, चैत २७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।