सोमबार, असोज १२, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • सरकारले राष्ट्र बैंकको स्वायत्ततामाथि हस्तक्षेप गर्‍यो : एमाले

सरकारले राष्ट्र बैंकको स्वायत्ततामाथि हस्तक्षेप गर्‍यो : एमाले

सरकारले नेपाल राष्ट्र बैंक स्वायत्त संस्था भएको तर उसको स्वायत्ततामाथि सरकारले हस्तक्षेप गरेको आरोप लगाएका छ। सरकारले गभर्नर महाप्रसाद अधिकारीमाथि छानबिन गर्न समिति गठन गरेपछि एमाले उपाध्यक्ष विष्णु पौडेलले यस्तो आरोप लगाएका हुन्।
 |  आइतबार, चैत २७, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, चैत २७, २०७८

काठमाडौं- सरकारले नेपाल राष्ट्र बैंक स्वायत्त संस्था भएको तर उसको स्वायत्ततामाथि सरकारले हस्तक्षेप गरेको आरोप लगाएका छन्। सरकारले गभर्नर महाप्रसाद अधिकारीमाथि छानबिन गर्न समिति गठन गरेपछि एमाले उपाध्यक्ष विष्णु पौडेलले यस्तो आरोप लगाएका हुन्। गभर्नर अधिकारी निलम्बनमा पर्ने गरी छानबिन समिति गठन भएपछि एमालेले पत्रकार सम्मेलन गर्दै आइतबार औपचारिक रूपमा धारणा सार्वजनिक गरेको हो।

'राष्ट्र बैंक स्वायत्त निकाय हो। मन्त्रालयको अधीनको अंगको रुपमा प्रयोग भयो। राष्ट्र बैंकको स्वायत्ततामाथि हस्तक्षेप गरियो,' पौडेलले भने, 'मौद्रिक नीतिमा पनि सरकारले आवश्यकता अनुसार परिमार्जन गर्न नदिने गरी हस्तक्षेप गर्‍यो। गभर्नर महाप्रसाद अधिकारी अब्बल हुँदाहुँदै सरकारको अवाञ्छित हस्तक्षेप गरेको छ। यो निन्दनीय काम भएको छ।'

सरकारलाई सच्चिन आग्रह गर्दा गभर्नर निलम्बन गरिएको उनको आरोप थियो। सरकारले निर्णय सच्याउनुपर्ने, अन्यथा मुलुकको अर्थतन्त्र थप समस्यामा पर्ने एमालेको चेतावनी छ। 

‘अर्थशास्त्री, अध्येताहरूले मुलुकको अर्थव्यवस्था जोखिम उन्मुख रहेको निष्कर्ष निकाल्नुभएको छ,’ पूर्वअर्थमन्त्रीसमेत रहेका विष्णु पौडेलले भने, ‘सचेत भएर सार्थक हस्तक्षेप गर्न सकेनौं भने मुलुक श्रीलंका हुनबाट रोक्न सक्दैन।’ प्रधानमन्त्री र अर्थमन्त्रीले 'नेपाल श्रीलंका हुँदैन' भनेर दाबी गर्नुको कुनै तुक नरहेको समेत उल्लेख गरेका थिए। आफूहरूले सरकार छोड्दा अर्थतन्त्र सबल र सुदृढ भएको समेत एमालेको दाबी छ। पौडेलले आफ्नो सरकारले ७ प्रतिशतसम्म आर्थिक वृद्धि गरेको दाबी गरेका थिए। 

सरकारमा बसेका व्यक्तिले आफ्ना अवाञ्छित स्वार्थ पूरा गर्न राष्ट्र बैंकको गभर्नर निलम्बन गरिएको ‍उनको दाबी छ। पत्रकार सम्मेलनमा पूर्व अर्थमन्त्रीहरू विष्णु पौडेल, सुरेन्द्र पाण्डे, युवराज खतिवडा र राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. दिनेशचन्द्र देवकोटा सहभागी छन्। 

प्रकाशित: Apr 10, 2022| 13:45 आइतबार, चैत २७, २०७८
प्रतिक्रिया दिनुहोस्