आइतबार, असार ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • स्पष्टीकरण चित्त नबुझेपछि बयानका लागि प्रेस काउन्सिल बोलाइए ऋषि धमला

स्पष्टीकरण चित्त नबुझेपछि बयानका लागि प्रेस काउन्सिल बोलाइए ऋषि धमला

प्रेस काउन्सिल नेपालले पत्रकार ऋषि धमलालाई बयानका लागि बोलाएको छ। उनले दिएको स्पष्टीकरण चित्त नबुझेपछि काउन्सिलले उनलाई बयानका लागि कार्यालयमै बोलाएको हो।
 |  आइतबार, चैत २७, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, चैत २७, २०७८

काठमाडौं– प्रेस काउन्सिल नेपालले पत्रकार ऋषि धमलालाई बयानका लागि बोलाएको छ। उनले दिएको स्पष्टीकरण चित्त नबुझेपछि काउन्सिलले उनलाई बयानका लागि कार्यालयमै बोलाएको हो।  

National life

यही चैत २० गते प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणबाट फर्किने क्रममा विमानको संवेदशील ठाउँमा पुगेको भन्दै काउन्सिलले धमलालाई स्पष्टीकरण सोधेको थियो। धमलाले बुझाएको स्पष्टीकरण चित्तबुझ्दो नभएपछि उनलाई काउन्सिलले सोमबार बयानका लागि बोलाएको हो।

नेपाल बार एसोसिएसनका उपाध्यक्ष रक्षा बस्याल र नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलसहितको आचारसंहिता अनुगमन समितिले धमलाको जवाफ चित्तबुझ्दो नभएको भन्दै बयानका लागि बोलाउन सिफारिस गरेको थियो।

धमलाले स्पष्टीकरणमा आफूले गल्ती गरेको भए आत्मालोचना गर्न तयार रहेको बताएका छन्। ‘जनतालाई छिटो समाचार दिँदा गल्ती भएको’ उनले स्पष्टीकरणमा उल्लेख गरेका छन्।

प्रकाशित: Apr 10, 2022| 13:41 आइतबार, चैत २७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।