सोमबार, असोज १२, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • अर्थतन्त्र सुधार्न सरोकारवाला निकाय समन्वय गरेर अगाडि बढ्नुको विकल्प छैनः उद्योग संंगठन मोरङ

अर्थतन्त्र सुधार्न सरोकारवाला निकाय समन्वय गरेर अगाडि बढ्नुको विकल्प छैनः उद्योग संंगठन मोरङ

मुलुकले आर्थिक संंकट बेहोरिरहेको बेला नियमनकारी निकाय तथा नीति निर्माण तहका नेतृत्वको समन्वय अभावप्रति उद्योग संंगठन मोरङले चिन्ता व्यक्त गरेको छ।
 |  आइतबार, चैत २७, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, चैत २७, २०७८

विराटनगर– मुलुकले आर्थिक संंकट बेहोरिरहेको बेला नियमनकारी निकाय तथा नीति निर्माण तहका नेतृत्वको समन्वय अभावप्रति उद्योग संंगठन मोरङले चिन्ता व्यक्त गरेको छ।

मुलुक आर्थिक सकटको अवस्थामा गुज्रिरहेको बेला नेपाल सरकार, अर्थ मन्त्रालय एवं नेपाल राष्ट्र बैंक जस्ता नियमनकारी निकायहरुले निजी क्षेत्र समेतलाई विश्वासमा लिई निकास दिनुपर्नेमा मुख्य संस्थाहरुबीच नै समन्वय अभाव हुँदा अर्थतन्त्र थप जटिलता तर्फ जाने हो कि भनेर संगठनले चिन्ता व्यक्त गरेको हो। 

लामो समयदेखि वित्तीय क्षेत्रमा रहेको तरलता अभाव, बढ्दो व्याजदर तथा मूल्य वृद्धि जस्ता आन्तरिक एवं बाह्य परिस्थितीजन्य कारणहरुले गर्दा मुलुकको समग्र अर्थतन्त्रका सूचकहरु संकटको दिशामा उन्मुख भइरहेको बेला नियमनकारी निकायहरुबीचको विपरित ध्रुवीय दौडको प्रतिस्पर्धाप्रति संंगठनले चिन्ता व्यक्त गरेको छ।

तरलता व्यवस्थापन, वैदेशिक मुद्राको सञ्चिती तथा आयात निर्यात सहजिकरणका लागि नीतिगत निकाय र नियमनकारी निकायबीच प्रभावकारी समन्वय हुनु पर्नेमा असमाञ्जस्य तथा अविश्वासको वातावरण श्रृजना हुनुलाई संगठनले दुखद् भनेको छ।

अन्तराष्ट्रिय रुपमा नै अर्थतन्त्रको अवस्था राम्रो नभएको यस संकटोन्मुख अवस्थामा नीतिगत तथा नियमनकारी निकायबीच देखापरेको यस प्रकारको असमझदारीले अन्तराष्ट्रिय जगतमा नकारात्मक सन्देश जाने र नेपालले गर्ने अन्तराष्ट्रिय व्यापारमा समेत असर पर्नेतर्फ बेलैमा सचेत भई उपयुक्त कदमहरु चाल्न संगठनले सरकारलाई आग्रह गरेको छ।   


प्रकाशित: Apr 10, 2022| 12:44 आइतबार, चैत २७, २०७८
प्रतिक्रिया दिनुहोस्