काठमाडौं- नेपाल व्यवस्थापक संघको निर्वाचनमा नयाँ कार्यसमिति चयन भएको छ। संघको ४१औं वार्षिकोत्सवबाट नयाँ कार्य समिति चयन गरिएको हो।
जसअनुसार व्यक्तिगततर्फ नविल बैंकका अध्यक्ष तथा संघका संस्थापक सदस्य उपेन्द्रप्रसाद पौड्यालले सबैभन्दा बढी मत प्राप्त गरेका छन्। उनले ३६४ मत पाएका छन्।
यसैगरी संस्थागततर्फ नविल बैंकको प्रतिनिधिको रूपमा रहेका मनोज ज्ञवालीले सबैभन्दा बढी मत प्राप्त गरेका छन्। ज्ञवालीले संस्थागततर्फ ७३ मत प्राप्त गरेका थिए।
म्यानको निर्वाचनमा व्यक्तिगततर्फबाट ११ जना र संस्थागततर्फबाट ६ जना सदस्य निर्वाचित भएका छन्।
अब म्यानको पहिलो कार्यसमिति बैंठकले नै अध्यक्ष सहितको कार्यसमिति चयन गर्ने छ। जस अनुसार अबको म्यानको अध्यक्ष उपेन्द्रप्रसाद पौड्याल बन्ने निश्चित भएको छ।