काठमाडौं- आज सेयर बजार बन्द रहने भएको छ। सरकारले आइतबार चैत्र २७ गते देशभर सार्वजनिक बिदा दिने निर्णय गरेकाले सेयर बजार पनि बन्द हुने भएको हो।
गृह मन्त्रालयले एक सुचना जारी गर्दै बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले आज बिदा दिने निर्णय गरेको जनाएको छ।
आज रामनवमीको अवसरमा नेपाल राज्यभरका सबै सरकारी कार्यालय, सार्वजनिक निकायमा सार्वजनिक बिदा दिने निर्णय गरिएको छ।