सोमबार, असोज १२, २०८३

आज कुन विदेशी मुद्राको विनिमयदर कति?

नेपाल राष्ट्र बैंकले आइबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर यस प्रकार छ- राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२१ रुपैयाँ १४ पैसा र बिक्री दर १२१ रुपैयाँ ७४ पैसा कायम गरेको छ।
 |  आइतबार, चैत २७, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, चैत २७, २०७८

काठमाडौं-  नेपाल राष्ट्र बैंकले आइबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर यस प्रकार छ- राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२१ रुपैयाँ १४ पैसा र बिक्री दर १२१ रुपैयाँ ७४ पैसा कायम गरेको छ। 

युरो एकको खरिद दर १३१ रुपैयाँ ६५ पैसा र बिक्री दर १३२ रुपैयाँ ३१ पैसा कायम गरिएको छ। पाउन्ड स्टर्लिङ एकको खरिद दर १५७ रुपैयाँ ९९ पैसा र बिक्री दर १५८ रुपैयाँ ७७ पैसा छ। यस्तै, स्विस फ्रेङ्क एकको खरिद दर १२९ रुपैयाँ ५१ पैसा र बिक्री दर १३० रुपैयाँ १५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

अस्ट्रेलियन डलर एकको खरिद दर ९० रुपैयाँ ३३ पैसा र बिक्री दर ९० रुपैयाँ ७८ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिद दर ९६ रुपैयाँ ०२ पैसा रहेको छ भने बिक्री दर ९६ रुपैयाँ ६७ पैसा छ। 

जापानी येन १० को खरिद दर ९ रुपैयाँ ७६ पैसा र बिक्री दर ९ रुपैयाँ ८१ पैसा रहेको छ भने चिनियाँ यूआन एकको खरिद दर १९ रुपैयाँ ०४ पैसा र बिक्री दर १९ रुपैयाँ १३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

यस्तै, साउदी अरबियन रियाल एकको खरिर दर ३२ रुपैयाँ ०३ पैसा र बिक्री दर ३२ रुपैयाँ ४६ पैसा रहेको छ भने कतारी रियाल एकको खरिद दर ३३ रुपैयाँ १९ पैसा र बिक्री दर ३३ रुपैयाँ ३६ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचनाामा उल्लेख छ।

मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ०७ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ८४ पैसा रहेको छ। यसैगरी कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ ८७ पैसा र बिक्री दर ९ रुपैयाँ ९७ पैसा कायम गरिएको राष्ट्र बैंकले जनाएको छ।  - यस्तो छ आजको विनिमय दर

प्रकाशित: Apr 10, 2022| 06:40 आइतबार, चैत २७, २०७८
प्रतिक्रिया दिनुहोस्