आइतबार, असार ७, २०८३

मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु

तनहुँको व्यास नगरपालिका-१२ देउरालीमा मोटरसाइकलले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ।
 |  शनिबार, चैत २६, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, चैत २६, २०७८

तनहुँ- तनहुँको व्यास नगरपालिका-१२ देउरालीमा मोटरसाइकलले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ। 

National life

शुक्रबार दमौलीबाट डुम्रेतर्फ जाँदै गरेको लु७०प १७१९ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा देउरालीका ६२ वर्षीय नन्दगोपाल कार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

मोटरसाइकलले ठक्कर दिएपछि गम्भीर घाइते भएका कार्कीलाई उपचारको लागी दमौलीस्थित रत्नहरी अस्पतालमा प्राथमिक उपचारपश्चात् थप उपचारको लागी मणीपाल शिक्षण अस्पताल पोखरामा पठाइएको थियो। 

उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। मोटरसाइकल चालक पाल्पा रामपुर-४ का ३८ वर्षीय जुबेर अहमद मियालाई नियन्त्रणमा लिई थप अनुसन्धान थालिएको प्रहरीको भनाइ छ।

प्रकाशित: Apr 09, 2022| 08:45 शनिबार, चैत २६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।