आइतबार, असार ७, २०८३

सगरमाथाको दोस्रो शिविरसम्मको बाटो खुल्यो

सगरमाथाको दोस्रो शिविरसम्मको बाटो खुलेको छ। विश्वको सर्वोच्च शिखर सगरमाथा जाने बाटो निर्माणको जिम्मा पाएको आइसफल डक्टरको टोलीले आधारशिविरदेखि दोस्रो शिविरसम्मको बाटो निर्माण गरेको हो।
 |  शनिबार, चैत २६, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, चैत २६, २०७८

काठमाडौं- सगरमाथाको दोस्रो शिविरसम्मको बाटो खुलेको छ। विश्वको सर्वोच्च शिखर सगरमाथा जाने बाटो निर्माणको जिम्मा पाएको आइसफल डक्टरको टोलीले आधारशिविरदेखि दोस्रो शिविरसम्मको बाटो निर्माण गरेको हो। 

National life

सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपीसीसी)का अनुसार छ  आइसफल डाक्टर अर्थात् हिउँमा बाटो बनाउने अनुभवी व्यक्तिले बाटोमा सङ्केत राख्ने, भर्‍याङ राख्ने, डोरी टाँग्नेलगायत काम गरिरहेका छन्। 

दोस्रो शिविरसम्मको बाटो खुलेसँगै आरोहीहरूलाई त्यहाँसम्म जान अनुमति दिइएको एसपीसीसीका उपाअध्यक्ष लामाकाजी शेर्पाले बताउनुभयो। एसपीसीसीले अनुमति दिएपछि मात्रै आरोही तथा आरोहण व्यवसायी दोस्रो शिविरसम्म जान पाउँछन्। आरोहणका लागि शरीरलाई अनुकूल बनाउन आरोही आधार शिविरबाट दोस्रो शिविरसम्म जाने र फर्कने गर्ने भएकाले दोस्रो शिविरमा चाँडै क्याम्प खडा गरिने भएको छ।

यस पटक आधार शिविरदेखि दोस्रो शिविरसम्म १५ वटा भर्‍याङ प्रयोग गरिएको उहाँले जानकारी दिनुभयो। यसअघि सन् २०१८ मा ३२ वटा भर्‍याङ प्रयोग भएकामा सन् २०१९ मा २० वटा मात्रै प्रयोग भएको थियो। दोस्रो शिविरसम्मको बाटो प्रयोग गरेर सगरमाथासहित ल्होत्से र नुप्त्से हिमाल पनि आरोहण गरिन्छ। आधारशिविरमा हरेक समूहले बौद्ध परम्पराअनुसार पूजापाठ गरी हिमालमा कुल्चनुअघि क्षमापूजा र शक्ति माग्ने  प्रचलन रहेको छ।

खुम्बुमा बाह्य पर्यटकको चहलपहल

Shivam cement

पर्यटकीय याम सुरु भएसँगै सगरमाथा क्षेत्र खुम्बुमा बाह्य पर्यटक आउने क्रम बढेको छ। वसन्त ऋतु सुरु हुन लागेसँगै खुम्बु क्षेत्र भित्रिने बाह्य पर्यटकको सङ्ख्यामा वृद्धि हुँदै गएको हो। खुम्बु क्षेत्रमा पछिल्लो एक हप्तामा ९०० भन्दा बढी बाह्य पर्यटक भित्रिएको खुम्बु पासाङल्हामु गाउँपालिकाले जनाएको छ। अहिले लुक्लास्थित तेन्जिङ हिलारी विमानस्थलमा समेत चहलपहल बढेको नागरिक उड्डयन प्राधिकरण लुक्ला शाखाका कर्मचारी खुमप्रसाद पौडलले बताए।

लुक्लामा दैनिक ४५ वटासम्म हेलिकप्टर र ३५ वटासम्म जहाजले उडान भर्ने गरेका छन्।  एकैदिनमा १४ वटा जहाजमार्फत २६६ र ४५ वटा हेलिकोप्टर मार्फत २२५ सम्म पर्यटक खुम्बु भित्रिने गरेको उहाँको भनाइ थियो।  अहिले भित्रने यात्रुको चाप बढी र फर्कने यात्रु शून्यजस्तै हुने गरेको विमानस्थल कार्यालयले जनाएको छ। - रासस

प्रकाशित: Apr 09, 2022| 07:55 शनिबार, चैत २६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।