शुक्रबार, कात्तिक २, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

रक्षक नै भक्षक बनेपछि...

पछिल्लो समय नेपालमा डरलाग्दो गरी गुरुले आफ्ना छात्रामाथि कुदृष्टि लगाइरहेका घटना बढिरहेका छन्। स्कुलमा अभिभावक बन्नुपर्ने र ज्ञानको ज्योति छर्नुपर्ने व्यक्ति नै यौन पिपासु बन्ने गरेका घटना बढ्दै गएका हुन्।
 |  शनिबार, चैत २६, २०७८
nespernesper

यज्ञराज जोशी

यज्ञराज जोशी

शनिबार, चैत २६, २०७८

घटना १

triton college

हालै होलीको दिन मोरङको लेटाङमा एक शिक्षकले आफ्नै विद्यार्थीमाथि यौन दुर्व्यवहार गरे। उनले नछुने ठाउँमा छुने प्रयास गरेको भन्दै स्थानीय आक्रोसित बने। लेटाङ नगरपालिका ५ खेरुवास्थित शिक्षा विकास माविका ५६ वर्षीय शिक्षक मनोज पौडेलले कक्षा ६ मा अध्ययनरत विद्यार्थीमाथि होलीका दिन दुर्व्यवहार गरेका थिए। बुवा समानका शिक्षकले बालिकामाथि यौन दुर्व्यवहार गरेपछि स्थानीय आक्रोसित बने।

आक्रोसित भीडले ती शिक्षकमाथि आक्रमणको प्रयास गरे। कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय मोरङ लैजाने प्रयास गर्दा एक महिला प्रहरीले चैत ६ गते ज्यानै गुमाउनु पर्यो। भीडले आक्रमण गरेपछि प्रहरी जवान उर्मिला श्रेष्ठको मृत्यु भएको थियो।

प्रहरीको मृत्यु भएपछि केही व्यक्तिलाई पक्राउ गरिएको छ। मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले ७ चैतमा सोमबार बिहानैदेखि कर्फ्यू आदेशसमेत जारी गर्नुपर्यो।

घटना २

Metro Mart
vianet

मकवानपुरको बागमती गाउँपालिका ८ शान्तिपुरमा अवस्थित जनता माध्यमिक विद्यालयका तीन जना शिक्षकले विद्यार्थीहरूमाथि यौन दुर्व्यवहार गर्दै आएको अर्को घटना बाहिरिएको छ। फापरबारीका छात्राहरूलाई सोही विद्यालयमा अध्यापनरत तीन शिक्षकहरूले यौन दुर्व्यवहार गरेको आरोपमा बिहीबार राति जिल्ला प्रहरी कार्यालय मकवानपुरमा किटानी जाहेरी दिइएको छ।

चार जना विद्यार्थीले आफन्तसहित उजुरी दिएको मकवानपुर प्रहरीका प्रवक्ता इन्स्पेक्टर देवेन्द्र दासले बताए। चार जना छात्राले तीन जना शिक्षकले पटकपटक यौन दुर्व्यवहार गरेको भन्ने उजुरी दिनुभएको छ। हामी अनुसन्धानको क्रममा छौं र आरोपित शिक्षकको खोजी गरिरहेका छौं, नेपाल समयसँग कुरा गर्दै उनले भने।

घटना स्थानीय तहमै मिलाउन प्रयास गरिएको समेत बुझिएको उनले बताए। यदि त्यस्तो भएको पाइएमा घटना मिलाउन खोज्नेहरूलाई पनि कानुनको दायरामा ल्याइने उनी बताउँछन्। 

जिल्ला प्रहरी कार्यालय मकवानपुरमा चार जना पीडित बालिका, तीन जना बालिकाका अभिभावक, चार जना अभियन्ता बालबालिका र अन्य दुई जनाले जिल्ला प्रहरी कार्यालय मकवानपुरमा उपस्थित भएर किटानी जाहेरी दिएका छन्। तीन जना शिक्षकहरू लोकबहादुर विक, रुद्रबहादुर विक र हेमबहादुर विकको नाममा पीडितले किटानी जाहेरी दिएका प्रहरीले जनाएको छ।

छात्राले विश्वास गर्ने र शिक्षकले घात गर्ने प्रवृतिका कारण उनीहरु यौन हिंसाको सिकारमा पर्ने गरेको शिक्षाविद् डा. विद्यानाथ कोइराला बताउँछन्।

विद्यालयमा घटना भएपछि उनीहरू हाल विद्यालय बिदा लिएर बसेका छन्। विद्यालयका शिक्षकहरूले कक्षा चारदेखि माथिल्लो तहका विद्यार्थीलाई केही वर्षदेखि लगातार यौन दुर्व्यवहार गर्दै आएको विद्यार्थीहरूको गुनासो छ।

एक छात्राले आफूमाथि चार कक्षा पढ्दादेखि दुर्व्यवहार हुँदै आएकोमा सात कक्षा पुग्दासम्म पनि सोही प्रकारको दुर्व्यवहार खेपिरहेको बताएकी छन्। हामीलाई उहाँले नराम्रोसँग छुनुहुन्थ्यो। छुनै नहुने अंगमा छुनुहुन्थ्यो। डरले गर्दा कसैलाई भन्न सकिरहेका थिएनौं, उनले भनेकी छन्। विद्यालयमा ती शिक्षकबाट ७५ प्रतिशत बालिका पीडित रहेको बताइएको छ।

घटना ३

बिहीबार मात्रै विद्यालयमा पढ्ने बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा भरतपुर १३ गंगानगरमा रहेको एक माध्यमिक विद्यालय दुई शिक्षक पक्राउ परेका छन्।

विद्यालयका छात्रालाई संवेदनशिल अंगमा सुम्सुम्याएको घटना बाहिर आएपछि बिहीबार विद्यालयमा पुगेका आक्रोशित अभिभावकले दुर्व्यवहार गर्ने शिक्षकलाई हातपात गर्न खोजेपछि प्रहरीले शिक्षक विमल प्रसाद देवकोटा र फणिन्द्र भट्टराईलाई नियन्त्रणमा लिएको छ।

१७ जना विद्यार्थीले शिक्षकबाट पटक पटक दुर्व्यवहारको सिकार भएको गुनासो गरेका छन्। विगतदेखि नै ती शिक्षकहरूको गलत भूमिका रहँदै आएको विद्यार्थीहरूको आरोप छ।

एक महिनायताका प्रतिनिधि घटना हुन् यी। पछिल्लो समय नेपालमा डरलाग्दो गरी गुरुले आफ्ना छात्रामाथि कुदृष्टि लगाइरहेका घटना बढिरहेका छन्। स्कुलमा अभिभावक बन्नुपर्ने र ज्ञानको ज्योति छर्नुपर्ने व्यक्ति नै यौन पिपासु बन्ने गरेका घटना बढ्दै गएका हुन्।

यसले अभिभावकहरूलाई समेत झस्काइदिएको छ। घरबाट विद्यालय पठाइएका आफ्ना छोरीहरू कतिबेला कोबाट कसरी सिकार हुन्छन् भन्ने चिन्ता बढिरहेको अभिभावकहरूको चिन्ता छ।

कानुन नै फितलो

महिला अधिकारकर्मी नज्वुल खान (निलम) कानुनी खेलाचीका कारण महिलाहरू हिंसामा परिरहेको बताउँछिन्। उनले महिलामाथि हिंसा मात्रै नभएर हत्या हुँदा पनि अपराधिले सजिलै उन्मुक्ति पाउने भएकाले अपराधिहरूको मनोबल बढ्दै गएको बताएकी छन्।

'यहाँ अपराधिलाई राजनीतिक संरक्षण हुन्छ। सकभर पक्राउ नै पर्दैन। पक्राउ परे पनि राजनीतिक संरक्षण हुन्छ। प्रहरी प्रशासनलाई नै राजनीतिक दवाव दिइन्छ। यहाँ महिला र बालबालिका मैत्री कानुन छैन,' उनले भनिन्। पहुँचमा हुनेहरूले शक्तिको गलत प्रयोग गर्दै आपराधिक घटना बढाइरहेको उनको भनाइ छ।

नेपाल प्रहरीका प्रवक्ता विष्णुकुमार केसी अपराधीले उन्मुक्ति नपाउने बताउँछन्। 

उनले राज्यको मूल प्रवाहमा महिलाको प्रतिनिधित्व न्यून हुनुले पनि कानुन कार्यान्वयनमा समस्या भइरहेको बताएकी छन्। स्कुलमा अभिभावकीय भूमिका निर्वाह हुनुपर्नेमा सानासाना बालिका यौन हिंसाको सिकारमा पर्नु डरलाग्दो अवस्था भएको उनको भनाइ छ। यस्ता घटनाले सानैदेखि बालिकाको मनोविज्ञानमा नकारात्मक असर पर्ने उनी बताउँछिन्।

अर्की मानव अधिकार तथा महिलाकर्मी लिली थापा नेपालको शैक्षिक प्रणाली नै कमजोर भएको तर्क गर्छिन्। अब नेपालको पाठ्यक्रम रिभ्यु गर्ने बेला आइसक्यो। कसरी बालिका सुरक्षित हुन सक्छन् भन्ने कुराको शिक्षा सानैदेखि दिनु आवश्यक छ,ु उनले भनिन्, सानैदेखि त्यस्तो खाले शिक्षा पाउँदा बालिकाले प्रतिकार गर्न सक्छन्। के गलत, कुन यौन हिंसा हो भन्ने छुट्याउन सक्छन्। 

उनले शिक्षकमा पनि यौन हिंसा ठूलो अपराध हो भन्ने नजिर बसाउनुपर्ने बताउँछिन्। कुनै शिक्षकले यौन हिंसा गरे कडाभन्दा कडा सजाय दिनुपर्नेमा उनको जोड छ।

छात्राले विश्वास गर्ने र शिक्षकले घात गर्ने प्रवृतिका कारण उनीहरु यौन हिंसाको सिकारमा पर्ने गरेको शिक्षाविद् डा. विद्यानाथ कोइराला बताउँछन्। मुस्लिमका केटीहरूले अनुहार देखाउनु हुँदैन भन्ने छ। मगरकोमा रोधि नबसी हुँदैन। हाम्रो समाज विविधता युक्त छ। यो अवस्थामा शिक्षकको दूरी विद्यार्थीबाट कति हुनुपर्ने मापदण्ड बनाइनुपर्थ्यो। त्यस्तो हुन नसक्दा विद्यालयमा छात्राहरू यौन हिंसामा पर्ने क्रम बढ्यो, कोइराला भन्छन्।

जीवनमा ज्ञानको ज्योति छर्ने मानिसबाटै यस्ता खाले गतिविधि हुनु ठूलो अपराध भएको उनले बताए। त्यस्ता व्यक्तिले उन्मुक्ति पाउन नहुनेमा कोइरालाको जोड छ।

नेपाल प्रहरीका प्रवक्ता विष्णुकुमार केसी अपराधीले उन्मुक्ति नपाउने बताउँछन्। हामीले कुनै यौनजन्य घटना भए प्रहरीकोमा खबर गर्न भनेका छौं। त्यस्ता घटना दर्ता भए अनुसन्धान गर्छौं। दोषी पाइए कारबाही गर्छौं, उनले भने। जानेबुझेकै व्यक्तिबाट यस्ता घटना हुनु दुखद् भएको उनको भनाइ छ।

प्रकाशित: Apr 09, 2022| 12:15 शनिबार, चैत २६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।