मंगलबार, साउन २६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • चट्याङ लागेर तेह्रथुममा एक बालिकाको मृत्यु, तीन घाइते

चट्याङ लागेर तेह्रथुममा एक बालिकाको मृत्यु, तीन घाइते

तेह्रथुममा चट्याङ लागेर एक बालिकाको मृत्यु भएको छ। त्यस्तै तीन जना घाइते भएका छन्।
 |  शनिबार, चैत २६, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, चैत २६, २०७८

तेह्रथुम- तेह्रथुममा चट्याङ लागेर एक बालिकाको मृत्यु भएको छ। त्यस्तै तीन जना घाइते भएका छन्।

मृत्यु हुनेमा आठराई गाउँपालिका-६ चुहानडाँडास्थित फुङसिङस्थित १० वर्षीया बालिका मिना कन्दङवा रहेको इलाका प्रहरी कार्यालय संक्रान्तिबजारका प्रहरी निरीक्षक शेषकराम थान्दारले जानकारी दिएका छन्।

शुक्रबार अपरान्ह साढे ५ बजेतिर वर्षासँगै परेको चट्याङ लागेकी बालिकालाई उपचारका लागि पाँचथर सदरमकाम फिदिम लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीको भनाइ छ।

प्रहरी निरीक्षक थान्दारका अनुसार चट्याङ चट्याङबाट वर्ष ५१ का दिलकुमार थोप्रा लिम्बू, वर्ष ३५ की ललिता थोप्रा लिम्बू र वर्ष ३७ का सुक्रराज थोप्रा लिम्बघाइते भएका छन्। उनीहरूको हाल जिल्ला अस्पताल पाँचथरमा उपचार भइरहेको जनाइएको छ।

प्रकाशित: Apr 09, 2022| 06:32 शनिबार, चैत २६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।