आइतबार, असार ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • अस्ट्रेलियन राजदूतले भनिन्- पर्यटन क्षेत्रले विस्तारै गति लिँदै

अस्ट्रेलियन राजदूतले भनिन्- पर्यटन क्षेत्रले विस्तारै गति लिँदै

नेपालका लागि अष्ट्रेलियाका राजदूत फेलिसिटी भोल्कले कोभिड–१९ का कारण थलापरेको नेपालको पर्यटन क्षेत्रले विस्तारै गति लिन थालेको बताएकी छन्।
 |  शुक्रबार, चैत २५, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत २५, २०७८

काठमाडौं- नेपालका लागि अष्ट्रेलियाका राजदूत फेलिसिटी भोल्कले कोभिड–१९ का कारण थलापरेको नेपालको पर्यटन क्षेत्रले विस्तारै गति लिन थालेको बताएकी छन्।

National life

ग्लोबल एकेडेमी अफ टुरिजम एण्ड हस्पिटालिटी एजुकेशनको भ्रातृ संस्था गेट भोकेसनलद्वारा आज ‘कर्मसियल कुकरी थ्री’ कोर्ष पूरा गरेका पाँचौँ ब्याचको दीक्षान्त समारोहमा उहाँले सो कुरा बताउएकी हुन्। उक्त कार्यक्रम विगत सात वर्षदेखि अष्ट्रेलिया सरकारको शैक्षिक प्रतिष्ठान नर्थ कोस्ट इन्स्टिच्युटअन्तर्गतको टेफको सम्बन्धनमा सञ्चालन हुँदै आएको छ।  

नेपालमा २५ वटा नयाँ पाँचतारे होटल आउने क्रममा रहेको सन्दर्भ उल्लेख गर्दै राजदूत भोल्कले विश्वभरिका धेरै मानिसका लागि नेपाल स्वप्न गन्तव्यका रूपमा रहेकाले यहाँ आउन चाहनेले यसबाट लाभ लिन सक्नुपर्नेमा जोड दिइन्। 

सेफ सन्तोष साहले हरेक व्यक्तिको सकारात्मकपन, सही गन्तव्य लक्ष्यले उसलाई सफल बनाउने बताए। गोल्डन गेट कलेजका प्रमुख कार्यकारी अधिकृत खेम लकाईले गेट कलेजले सन् २०१५ बाट अष्ट्रेलियाको टेफ एनएसडब्लूको सम्बन्धनमा सञ्चालन हुँदै आएको कर्मसियल कुकरी थ्री कोषबाट हालसम्म ८६ जना विद्यार्थी दीक्षित गराएको जानकारी दिए। 

प्रकाशित: Apr 08, 2022| 23:00 शुक्रबार, चैत २५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।