मंगलबार, साउन २६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • २८ जना ट्राफिक प्रहरी अधिकृतलाई दर्ज्यानी चिह्‍न प्रदान

२८ जना ट्राफिक प्रहरी अधिकृतलाई दर्ज्यानी चिह्‍न प्रदान

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय तथा अन्तर्गतमा रहेका ट्राफिक प्रहरी कार्यालयमा कार्यरत प्रहरी नायब निरीक्षकबाट प्रहरी वरिष्ठ नायब निरीक्षक पदमा पदोन्‍नोति भएका २८ जना प्रहरी अधिकृतहरुलाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ।
 |  शुक्रबार, चैत २५, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत २५, २०७८

काठमाडौं- काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय तथा अन्तर्गतमा रहेका ट्राफिक प्रहरी कार्यालयमा कार्यरत प्रहरी नायब निरीक्षकबाट प्रहरी वरिष्ठ नायब निरीक्षक पदमा पदोन्‍नोति भएका २८ जना प्रहरी अधिकृतहरुलाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ।

उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा शुक्रबार आयोजित कार्यक्रमकाबीच पदोन्‍नती भएका प्रहरी कर्मचारीहरुलाई कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमेश राज जोशीले दर्ज्यानी चिह्न प्रदान गरेका हुन्। 

एसएसपी जोशीले पदोन्‍नति भएका प्रहरी अधिकृतहरूलाई बधाई दिँदै पदोन्‍नतिसँगै थपिएको जिम्मेवारी पूरा गर्न पूर्ण व्यवसायिक भई इमान्दारिताका साथ कार्यक्षेत्रमा क्रियाशील रहनुपर्ने बताए। थपिएको नयाँ दर्जामा पदोन्‍नति भएका गर्वबोध गर्दै आगामी दिनमा संगठनको गरीमा उच्च पार्न थप क्रियाशिल, जिम्मेवार र समर्पित भई सेवा गर्न पनि निर्देशन दिएका थिए। 

दर्ज्यानी चिह्‍न शुसोभन कार्यक्रममा प्रहरी उपरीक्षक, प्रहरी नायब उपरीक्षक तथा अन्य ट्राफिक प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो। 


प्रकाशित: Apr 08, 2022| 19:45 शुक्रबार, चैत २५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।