आइतबार, मंसिर ७, २०८२

किर्गिस्तानको लिग विजेता फरवाटरसँग नेपाली फुटसल टिम पराजित

किर्गिस्तानस्थित बिस्केकस्थित मेडिकल युनिभर्सिटीमा सम्पन्न खेलमा नेपाली टोली २-० गोलअन्तरले पराजित भएको हो।
 |  शुक्रबार, चैत २५, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत २५, २०७८

बिस्केक- नेपाली राष्ट्रिय फुटसल टोली किर्गिस्तानको साविक विजेता फरवाटर एफसीसँग पराजित भएको छ। किर्गिस्तानस्थित बिस्केकस्थित मेडिकल युनिभर्सिटीमा सम्पन्न खेलमा नेपाली टोली २-० गोलअन्तरले पराजित भएको हो। 

National life

खेलको २०औं मिनेटमा किर्गिस्तानी टोलीले खेलमा अग्रता बनाएको थियो। पहिलो हाफमा एक गोलले पछि रहेको नेपालले दोस्रो हाफमा दवाब बनाउँदै उत्कृष्ट पुनरागम गरेको थियो। दोस्रो हाफमा खेलमा दवाब बनाए पनि नेपालका तीनवटा प्रहार गोलपोस्टमा ठोक्किएर बाहिरिएका थिए।

तर, ४३औं मिनेटमा किर्गिज टोलीले काउन्टरमा गोल थप्न सफल भयो। त्यसअघि नेपाली टोलीका आदिल अहमदले कर्नरबाट पाएको बललाई पोस्टको दिशा दिँदै गोल गरे पनि त्यसलाई रेफ्रीले उक्त गोललाई मान्यता दिएनन्।

फरवाटर टिमका प्रशिक्षक गफुरोभ रुस्लानले दुबै टोलीले राम्रो खेलको भए पनि आजको खेलमा आफूहरु भाग्यमानी रहेको बताए। 'दुबै टोली राम्रा र उस्तै स्तरका थिए। तर आजको खेलमा हामी भाग्यमानी ठहर्‍यौं। अन्य टिमका लागि नेपाल राम्रो प्रतिस्पर्धी हुन सक्छ।,' उनले भने।

त्यस्तै नेपाली टोलीका प्रशिक्षक गौरव बस्नेतले मैत्रीपूर्ण खेलमा सुधार भएको बताए।

Laxmi sunrise bank
kumari

'अघिल्लो खेलमा भन्दा राम्रो भएको छ। पहिलो हाफमा केही कमजोरी रहे पनि दोस्रो हाफमा राम्रो पकड बनाउन सक्यौं। मौकाहरु धेरै बनाउन सक्यो। १३/१४ वटा टार्गेटमा सट प्रहार गरेपनि फिनिसिङ गर्न नसक्दा पराजय ब्यहोर्‍यौं,' उनले भने, 'आजको खेलमा हामीले ८ जना खेलाडीमात्र प्रयोग गरेका थियौं। टिममा 'प्रयोग'का हिसाबले यो खेल खेलाइएको थियो।'

प्रकाशित: Apr 08, 2022| 14:49 शुक्रबार, चैत २५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।