सोमबार, असोज १२, २०८३

सुनको मूल्य तोलामा ५ सयले बढ्यो

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९९ हजार छ।
 |  शुक्रबार, चैत २५, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत २५, २०७८

काठमाडौं- सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ५०० ले बढेर ९९ हजार ५०० तोकिएको छ। पहेँलो धातु अघिल्लो दिन प्रतितोला ९९ हजारमा कारोबार भएको थियो। 

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९९ हजार छ।

यसको मूल्य बुधबार प्रतितोला ९८ हजार ५०० थियो। त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १० ले बढेर एक हजार ३५५ पुगेको महासंघले जनाएको छ। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ९२८ डलर आसपास कारोबार भइरहेको छ। 

प्रकाशित: Apr 08, 2022| 13:41 शुक्रबार, चैत २५, २०७८
प्रतिक्रिया दिनुहोस्