सोमबार, असोज १२, २०८३

आज कुन विदेशी मुद्राको विनिमयदर कति?

राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२१ रुपैयाँ २४ पैसा र बिक्री दर १२१ रुपैयाँ ८४ पैसा कायम गरेको छ।
 |  शुक्रबार, चैत २५, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत २५, २०७८

काठमाडौं-  नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर यस प्रकार छ- राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२१ रुपैयाँ २४ पैसा र बिक्री दर १२१ रुपैयाँ ८४ पैसा कायम गरेको छ। 

युरो एकको खरिद दर १३२ रुपैयाँ १२ पैसा र बिक्री दर १३२ रुपैयाँ ७७ पैसा कायम गरिएको छ। पाउन्ड स्टर्लिङ एकको खरिद दर १५८ रुपैयाँ ५३ पैसा र बिक्री दर १५९ रुपैयाँ ३२ पैसा छ। यस्तै, स्विस फ्रेङ्क एकको खरिद दर १२९ रुपैयाँ ९५ पैसा र बिक्री दर १३० रुपैयाँ ५९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

अस्ट्रेलियन डलर एकको खरिद दर ९० रुपैयाँ ६६ पैसा र बिक्री दर ९१ रुपैयाँ ११ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिद दर ९६ रुपैयाँ ५४ पैसा रहेको छ भने बिक्री दर ९७ रुपैयाँ ०२ पैसा छ। 

जापानी येन १० को खरिद दर ९ रुपैयाँ ८० पैसा र बिक्री दर ९ रुपैयाँ ८५ पैसा रहेको छ भने चिनियाँ यूआन एकको खरिद दर १९ रुपैयाँ ०६ पैसा र बिक्री दर १९ रुपैयाँ १५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

यस्तै, साउदी अरबियन रियाल एकको खरिर दर ३२ रुपैयाँ ३३ पैसा र बिक्री दर ३२ रुपैयाँ ४९ पैसा रहेको छ भने कतारी रियाल एकको खरिद दर ३३ रुपैयाँ १८ पैसा र बिक्री दर ३३ रुपैयाँ ३४ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचनाामा उल्लेख छ।

मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ७४ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ८८ पैसा रहेको छ। यसैगरी कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ ९४ पैसा र बिक्री दर ९ रुपैयाँ ९९ पैसा कायम गरिएको राष्ट्र बैंकले जनाएको छ।  -यस्तो छ आजको विनिमय दर

प्रकाशित: Apr 08, 2022| 06:55 शुक्रबार, चैत २५, २०७८
प्रतिक्रिया दिनुहोस्