आइतबार, मंसिर ७, २०८२

राष्ट्रिय खुला ब्याडमिन्टनमा प्रिन्स र रशिला च्याम्पियन

प्रिन्स दाहाल र रशिला महर्जन चौथो योनेक्स सनराइज राष्ट्रिय खुला ब्याडमिन्टन प्रतियोगिताको सिंगल्समा बिहीबार च्याम्पियन बनेका छन्।
 |  बिहीबार, चैत २४, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, चैत २४, २०७८

काठमाडौं- प्रिन्स दाहाल र रशिला महर्जन चौथो योनेक्स सनराइज राष्ट्रिय खुला ब्याडमिन्टन प्रतियोगिताको सिंगल्समा बिहीबार च्याम्पियन बनेका छन्।

National life

पुरुष सिंगल्स फाइनलमा प्रिन्सले दीपेश धामीलाई २१–१५ र २१–१३ को सोझो सेटमा पराजित गरेर च्याम्पियन बनेका हुन्। बसुन्धारास्थित आयोजक जेस्ट ब्याडमिन्टन एकेडेमीको हलमा भएको महिला फाइनलमा रशिलाले निता लम्साललाई सीधा सेटमा २१–१३ र २१–१३ ले हराएर उपाधि जितेकी हुन्।

यू-१७ पुरुष सिंगल्स फाइनलमा क्षितिज खनालले विवेक चौधरीलाई २०–२२, २१–१० र २१–८ ले पाखा लगाउदै पहिलो भए। सो स्पर्धाको महिलामा रोज पाण्डे पहिलो बनिन्। रोजले फाइनलमा सानिया चन्दको चुनौती २१–७ र २१–९ ले पन्छाइन्।

पुरुष डबल्स एक्सिक्युटिभ फाइनलमा विधान अधिकारी र विशाल खड्काको जोडीले प्रविन लिङतेब र सुरोज महर्जनको जोडीलाई ३१–२९ र २१–१६ ले पन्छ्याउदै शीर्ष स्थान हात पारे।

मास्टर्स ४५ वर्षमाथि पुरुष डबल्समा विशाल हिराचन र शम्भु श्रेष्ठको जोडी पहिलो भए। उक्त जोडीले फाइनलमा पूर्णहरि होना र सञ्जय कपालीको जोडीलाई १७–२१, २२–२० र २१–११ को सेटमा हराए।

Laxmi sunrise bank
kumari

बुद्धि चौधरी र कमल थापाको जोडीले पूर्णचन्द्र जोशी र उमेश केसीको जोडीलाई फाइनलमा २१–१५ र २१–१५ को सोझो सेटमा पाखा लगाउदै मास्टर्स ५५ वर्षमाथि च्याम्पियन बने।

प्रकाशित: Apr 07, 2022| 22:25 बिहीबार, चैत २४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।