आइतबार, मंसिर ७, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • स्पोर्टस् अवार्ड : सुदूरपश्चिम आइकनका लागि मनोनयनमा परे यी खेलाडी

स्पोर्टस् अवार्ड : सुदूरपश्चिम आइकनका लागि मनोनयनमा परे यी खेलाडी

धनगढीमा हुने तेस्रो ‘एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्ड २०७८’ अन्तर्गतका थप दुई विधाको मनोनयन सार्वजनिक भएको आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले जानकारी दिएको छ।
 |  बिहीबार, चैत २४, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, चैत २४, २०७८

काठमाडौं- धनगढीमा हुने तेस्रो ‘एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्ड २०७८’ अन्तर्गतका थप दुई विधाको मनोनयन सार्वजनिक भएको आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले जानकारी दिएको छ। मञ्चले आयोजना गर्ने तेस्रो एसपिए सुदूरपश्चिम स्पोर्टस् अवार्डको सुदूरपश्चिम आइकन पुरुष र महिला विधाको मनोनयन सार्वजनिक गरेको हो। 

National life

सुदुरपश्चिम आइकन पुरुषको मनोनयनमा फुटबलका कुवेर सिंह, क्रिकेटका अर्जुन साउँद र भारात्तोलनका अशोक भण्डारी मनोनयनमा परेका छन्। त्यस्तै सुदुरपश्चिम आईकन महिला तर्फ क्रिकेटकी कविता कुँवर, बक्सिङकी स्वस्तिका तिरुवा र तेक्वान्दोकी गीता कठायत मनोनयनमा परेको आयोजकले जनाएको छ।

कुवेर सिंहको कप्तानीमा कैलालीको स्टार सिटी प्रिसेडेन्ट च्याम्पियन बनेको थियो। उनकै कप्तानीमा बाजुराको रानीवन क्लब सी-क्वालिफाई भएको थियो। उनले नेर्ततवमा रहेको विजय स्पोर्टस क्लबलाई जिल्ला च्याम्पियन बनाउन सहयोग गरेका थिए। 

अर्जुन साउँदले डेब्यु गर्दै प्रधानमन्त्री कपमा पहिलो शतक हानेका थिए। उनले एसीसी अन्डर-१९ क्रिकेट प्रतियोगितामा श्रीलंका विरुद्ध अर्धशतक बनाए। अशोक भण्डारीले २४औं राष्ट्रिय भारात्तोलन प्रतियोगितामा सुदुरपश्चिमलाई स्वर्ण जिताएका छन्। उनी सोही प्रतियोगितामा उदयमान र सम्भाव्य खेलाडीको उपाधि जितेका थिए। त्यस्तै राजविराजमा भएको भारात्तोलन प्रतियोगितामा पनि स्वर्ण जितेका थिए।

क्रिकेटर कविता कुँवरले आईसीसी महिला टी–२० विश्वकप एसिया क्षेत्र छनोटमा सहभागी हुँदै नेपाली टोलीबाट डेम्बु गरेकी छिन्। प्रधानमन्त्री कप महिला राष्ट्रिय प्रतियोगितामा ४ खेलमा ७ विकेट र ४० रनको योगदान दिएकी थिईन्। ललितपुर मेयर कपमा सुदूरपश्चिम उपविजेता हुँदा ५ खेलमा ४० रन र बनाउँदै उत्कृष्ट बलिङ गरेकी थिइन्।

Laxmi sunrise bank
kumari

स्वस्तिमा तिरुवाले युएईमा सञ्चालन भएको जुनियर तथा युथ ब्वाइज एण्ड गर्ल्स बक्सिङ च्याम्पियनसिपमा नेपाललाई कास्य पदक दिलाएकी छिन्। उनले पहिलो अन्तराष्ट्रिय प्रतियोगितामै पदक जितेकी हुन्। जोर्डनमा आयोजित बक्सिङ प्रतियोगितामा उनले तीन चरण पार गरेकी थिइन्। 

त्यस्तै तेक्वान्दोकी गीता कडायतले हालै काठमाडौंमा भएको राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण जितेकी थिइन्। उनले काठमाडौंमा भएको मेयर कपमा रजत पदक जितेकी थिइन्।

‘विभिन्न ८ विधामा दिईने अवार्डको तेस्रो संस्करणको तयारी तिव्र रुपमा भईरहेको छ। उच्च प्रदर्शन गरेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा सफल भएका खेलाडी र प्रशिक्षक गरी विभिन्न ८ विधामा अवार्ड दिइने छ। उत्कृष्ट खेलाडी पुरुष र महिला, उत्कृष्ट प्रशिक्षक, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड, लाइफ टाइम एचिभमेन्ट अवार्ड, सुदूरपश्चिम आइकन महिला र पुरुष विधामा अवार्ड प्रदान गरिनेछ,’ आयोजकले जारी गरेको प्रेस विज्ञप्तिमा लेखिएको छ।

अवार्डमा उत्कृष्ट खेलाडी पुरुष र महिला विधाका विजेतालाई ३५/३५ हजार, उत्कृष्ट प्रशिक्षकलाई ३० हजार, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड र लाइफ टाइम एचिभमेन्ट अवार्डका विजेतालाई २५/२५ हजार नगदबाट पुरस्कृत गरिने आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले जनाएको छ। यस्तै सुदूरपश्चिम आइकन महिला र पुरुष विधाका विजेतालाई नगद २० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ।

प्रकाशित: Apr 07, 2022| 22:30 बिहीबार, चैत २४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।