सोमबार, असोज १२, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • सामाजिक उद्यमशील बन्न चाहनेका लागि नबिल बैंकले खुलायो आवेदन

सामाजिक उद्यमशील बन्न चाहनेका लागि नबिल बैंकले खुलायो आवेदन

सामाजिक उद्यमशील बन्न चाहनेहरूका लागि नबिल बैंकले आवेदन खुला गरेको छ।
 |  बिहीबार, चैत २४, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, चैत २४, २०७८

काठमाडौं- सामाजिक उद्यमशील बन्न चाहनेहरूका लागि नबिल बैंकले आवेदन खुला गरेको छ। यसै वर्षदेखि संचालन गर्न लागिएको 'नबिल स्कुल अफ सोसियल इन्टरप्रेनरसिप(नबिल एसएसई) अन्तर्गतको प्रमाणपत्र कार्यक्रमका लागि आवेदन खुला गरिएको बैंकले जनाएको छ। 

सकारात्मक परिवर्तन ल्याउने,समाजिक प्रभाव सृजना गर्ने सोचलाई उद्यममा रुपान्तरण गर्ने कार्यक्रमको लक्ष्य छ। यस कार्यक्रमका लागि नेपालका सातवटै प्रदेशका विभिन्न सात कलेजहरुसँग साझेदारी गरिएको छ। यसअन्तर्गत ७ सय जनालाई तालिम दिने सोच बैंकको छ। कार्यक्रममा १८ वर्ष उमेर पूरा भएका नेपाली नागरिकले सहभागिताका जनाउन सक्नेछन्। 

आवेदकहरुले पेस गरेको सामाजिक उद्यमको सोच, अवधारणाको मूल्यांकन गरी सहभागीहरुको छनौट गरिने बैंकले जनाएको छ। छनौटमा परेकालाई सामाजिक उद्यमशीलता सम्बन्धी प्रयोगात्मक र व्यवहारिक प्रशिक्षण दिइनेछ। 

साझेदार शैक्षिक संस्थाहरुः

महेन्द्र मोरङ आदर्श मल्टिपल क्याम्पस

वीरगंज पब्लिक कलेज

काम्पिएन कलेज, ललितपुर

ला ग्रान्डी इन्टरनासनल कलेज पोखरा

क्षितिज इन्टरनासनल कलेज, बुटवल

सुर्खेत मोडल कलेज, वीरेन्द्रनगर

सुदुर पश्चिमाञ्चल एकेडेमी, धनगढी


प्रकाशित: Apr 07, 2022| 20:00 बिहीबार, चैत २४, २०७८
प्रतिक्रिया दिनुहोस्