काठमाडौं- नेपाल राष्ट्र बैंकले दुई वर्षदेखि आफ्नो करिब १४ करोड रकम रोक्का राखेर आफूलाई दुख दिएको पृथ्वीबहादुर शाहले गुनासो गरेका छन्। पृथ्वीबहादुर शाहका नाममा आएको अमेरिकाबाट आएको ४० करोड रकम खुला गर्न अर्थमन्त्री जनार्दन शर्माले समेत दबाद दिएको विषयमा समाचार प्रकाशन भएपछि बिहीबार पत्रकार सम्मेलन गरी शाहले यस्तो गुनासो गरेका हुन्।
राष्ट्र बैंकले आफूलाई फसाउन नसकेपछि झुटा विवरण दिएर समाचार लेखाएको समेत उनको आरोप छ। 'राष्ट्र बैंकले कुनै पनि कारणबाट मलाई फसाउन नसक्ने भएपछि त्यहाँका अधिकारीबाट पत्रकारलाई झुटा र भ्रमक तथ्य दिएर समाचार छपाएको कि भन्ने प्रश्न भन्ने मलाई लागेको छ,' उनले जारी गरेको विज्ञप्ति भनिएको छ, 'अन्तमा यी विगत दुई वर्षमा मेरो आर्थिक कारोबार डामाडोल भइ ६० जना कर्मचारीलाई तलब दिन सकेको छैन। मेरो सम्पूर्ण चलअचल सम्पत्ती बेचबिखन गरेर कारोबारलाई निन्तरता दिएको छु। मैलै आफूले चढ्दै आएको गाडीसमेत बेचेर कर्मचारीलाई तलब खुलाएको छ। साथीभाइ र विभिन्न वित्तीय संस्थाबाट ऋण लिएको ऋऋण तीन नसक्दा म मानशिक रुपमा प्रताडित भएको छु।'
उनले आफ्नो नामा १२ लाख अमेरिकी डलर मात्र आएको समेत उल्लेख गरेका छन्। तर कान्तिपुर दैनिकले भने ४० करोड रकम राष्ट्र बैंकमा रोक्का रहेको अर्थमन्त्री शर्माले उक्त रकम खुला गर्न निर्देशन दिएको उल्लेख गरेको छ।
समाचार तयार गर्दा आफूलाई सम्पर्क नगरिएको समेत उनको गुनासो छ। उनले समाचारमा अर्थमन्त्री शर्माको नाम जोडिएको प्रति पनि दुख व्यक्त गरेका छन्।
यस्तो छ शाहले जारी गरेको विज्ञप्ति
आज मिति २०७८ चैत २४ गते कान्तिपुर राष्ट्रिय दैनिकमा प्रकाशित अमेरिकाबाट आएको शंकास्पद रु ४० करोड छुटाउन भन्ने शीर्षकको समाचारप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ। उक्त समाचारमा छापिएका कुठारामकहरूका छन्
१. समाचारमा मेरो हवला दिएर मेरा भनाइ प्रकाशित भएका कल डिटेल हेर्दा थाहा हुन्छ मसँग कान्तिपुर दैनिकका कुनै पत्रकारले सम्पर्क गर्नुभएको छैन।
२. समाचार उल्लेखित रु ४० करोड रोक्का रकम भनिएको तर मेरो रोकिएको रकम १२ लाख अमेरिकी डलर अर्थात् करिब रु १४ करोड मात्र हुन आउँछ।
३. समाचार दुई महिनादेखि रकम रोकिएको भनिएको छ तर मेरो रकम विगत दुई वर्षदेखि रोकिएको हो।
४. सो समाचारमा मलाई माओवादी पार्टीका कार्यकर्ता भनि तोकिएको छ, तर म हालसम्म कुनै पनि पार्टी सदस्य नरहेको जानकारी गराउँछु।
सत्यतथ्य के हो ?
१. म विगत १६ वर्षदेखि निम्नाअनुसार व्यवसाय गर्दै आएको छु।
-होली डे एन्ड ट्राभल्स, पे सेफ रेमिटेन्स (देशभर २५ वटा शाखा रहेको छ।)
-हार्डवयर एक्पोट/इम्पोर्ट व्यावसाय जसका चार वटा गोदाम रहेका छन्। -रियल स्टेट र सहकारी सञ्चालन
२. विगत दुई वर्ष बन्दाबन्दी हुनुपुर्वदेखि विभिन्न बैंकहरूमा भन्स र रेमिटेन्सको प्रयोजनका लागि नेपालमा घुम्न आउने तथा लगानी गर्न आउने उद्देश्यले विदेशी कम्पनीमार्फत विदेशी नागरिकले हाम्रा कम्पनीमा रकम पठाएका थिए।
३. सो रकमलाई राष्ट्र बैंकले खाता रोक्का गरी छानविन गर्न सिआइबिमा पठाएको थियो।
४. सिआइबीको अनुसन्धानबाट केही कमजोरी फेला नपरेपपिछ थप अनुसन्धान गर्न भनि सम्पत्ती सुद्धीकरण अनुसन्धान विभागमा पठाएको थियो।
५. सम्पत्ति सुद्धीकरण विभागले अनुसन्धान गर्दा कुनै पनि कमजोरी नदेखिएपछि विसं २०७८ माघ १७ गते खाता फुकुवाका लागि राष्ट्र बैंकलाई पत्र लेखी पठाएको छ।
६. सो पत्र प्राप्त हुँदा पनि हालसम्म राष्ट्र बैंकले विभिन्न बहाना बनाएर खाता खोलेको छैन।
७. सो अवस्था सिर्जना भएपछि मैले माननीय अर्थमन्त्री ज्यूलाई सम्बोधन गरी न्याय दिन अनुरोध गर्दै निवेदन दिएको थिए।
८. सम्पत्ती सुद्धीकरण विभागले मिति २०७८ चैत २० गते अनुसन्धानबाट कुनै पनि कैफियत नभएको भनि खाता फुकुवा गरिदिन चिठी पठाएको थियो।
९. राष्ट्र बैंकले कुनै पनि कारणबाट मलाई फसाउन नसक्ने भएपछि त्यहाँका अधिकारीबाट पत्रकारलाई झुटा र भ्रमक तथ्य दिएर समाचार छपाएको कि भन्ने प्रश्न भन्ने मलाई लागेको छ। अन्तमा यी विगत दुई वर्षमा मेरो आर्थिक कारोबार डामाडोल भइ ६० जना कर्मचारीलाई तलब दिन सकेको छैन। मेरो सम्पूर्ण चलअचल सम्पत्ती बेचबिखन गरेर कारोबारलाई निन्तरता दिएको छु। मैलै आफूले चढ्दै आएको गाडीसमेत बेचेर कर्मचारीलाई तलब खुलाएको छ। साथीभाइ र विभिन्न वित्तीय संस्थाबाट ऋण लिएको तिर्न नसक्दा म मानसिक रुपमा प्रताडित भएको छु।
देशमा केही गरौं भन्ने युवालाई यस खालको प्रताडन दिइन्छ भने देशको आर्थिक विकास कसरी हुन्छ ? यो सीलसीलामा राष्ट्र बैंकको आधिकारीहरूलाई पैसा दिएर काम गरिदिन्छौं भन्दै विभिन्न दलालहरू सम्पर्कमा आई सो रकमको २५ प्रतिशत करिब रु तीन करोड माग गरेका थिए। सो विषय इन्कार गर्दै कमजोरी भए सम्पूर्ण रकम जफत गर्न चुनौति दिएको थिए। सोही कारण यी परिस्थिती सिर्जना भएको जानकारी गराउँदै मलाई न्याय दिन सम्पूर्ण निकायसँग आग्रह गर्दछु। मेरो कारणबाट माननीय अर्थमन्त्री श्री जनार्दन शर्माको नाम जोडिप्रति दुःख व्यक्त गर्दछु। साथै मेरो नाम लिएर लेखिएका समाचारमा कुनै पनि सत्यता नरहेकाले सो भ्रममा नपर्न सबैलाई सहश्र अनुरोधसमेत गर्दछु।
पृथ्वीबहादुर शाह
२०७८ चैत २४