सोमबार, असोज १२, २०८३

नेपाल टेलिकमले २० प्रतिशत बोनस सेयर दिने

नेपाल टेलिकमले ७ अर्ब ३३ करोड रुपैयाँ मुनाफा आर्जन गरेको छ।
 |  बिहीबार, चैत २४, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, चैत २४, २०७८

काठमाडौं– नेपाल टेलिकमले ७ अर्ब ३३ करोड रुपैयाँ मुनाफा आर्जन गरेको छ।

बिहीबार काठमाडौंमा आयोजित कम्पनीको १४ औं वार्षिक साधारणसभामा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव एवम् नेपाल टेलिकम सञ्चालक समितिका अध्यक्ष वैकुण्ठ अर्यालले यस्तो जानकारी दिएका हुन्।

उनले कोभिड–१९ का कारण यसको राजस्वमा भने केही कमी आएको बताए। टेलिकमले सेयरधनीहरुलाई २० प्रतिशत बोनस सेयर उपलब्ध गराउने भएको छ।

सेयरधनीहरुको मनोबललाई उच्च बनाउन बोनस सेयर २० प्रतिशत उपलब्ध गराउन लागिएको नेपाल टेलिकम सञ्चालक समितिका अध्यक्ष अर्यालको भनाइ छ। अध्यक्ष अर्यालले टेलिकमको सेवालाई गुणस्तरीय बनाउने गरी पूर्वाधार निर्माणको काममा तीव्रता दिइएको पनि बताए।

प्रकाशित: Apr 07, 2022| 13:48 बिहीबार, चैत २४, २०७८
प्रतिक्रिया दिनुहोस्