आइतबार, असार ७, २०८३

भिन्नाभिन्नै सवारी दुर्घटनामा ६ जनाको मृत्यु

देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ६ जनाले ज्यान गुमाएका छन्।
 |  बिहीबार, चैत २४, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, चैत २४, २०७८

काठमाडौं- देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ६ जनाले ज्यान गुमाएका छन्।

National life

काठमाडौं महानगरपालिका-१३ सोल्टि दोबाटोस्थित सडकमा बा१७च ४९०३ नम्बरको भ्यानले प्र ३ ०२-०२८ प ७५२१ नम्बरको मोटरसाइकललाई बुधबार दिउँसो ठक्कर दिँदा एक जनाको ज्यान गएको छ।

ज्यान गुमाउनेमा मोटरसाइकलमा सवार चन्द्रागिरि नगरपालिका-२ बस्ने ३० वर्षीय किसोर सुबेदी रहेका छन्। दुर्घटनामा गम्भीर घाइते भएका उनको स्वयम्भूस्थित मनमोहन मेमोरियल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। फरार भ्यान चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ।

ललितपुर माहालक्ष्मी नगरपालिका-८ लुभु बिष्णुडोलस्थित सडकमा बा१६च ३६८७ नम्बरको कारको ठक्करबाट पैदलयात्री रामेछाप मन्थली नगरपालिका-९ घर भई ललितपुर लुभु बस्ने बिमला पुरीको छोरा २ वर्षीय आर्यन पुरीको बुधबार साँझ मृत्यु भएको छ। 

ठक्करबाट गम्भीर घाइते भएका उनको कृष्ट अस्पताल इमाडोलमा उपचारको क्रममा मृत्यु भएको हो। कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

Shivam cement

चितवन रत्ननगर नगरपालिका-१० स्थित सडकमा बागमती प्रदेश ०३-०२ प ३१४८ नम्बरको स्कुटर आफै अनियन्त्रित भई बुधबार राति दुर्घटना हुँदा स्कुटर चालक सोही नगरपालिका-५ झुवानी बस्ने ४० वर्षीय मलाहा महतोको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको भरतपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। 

झापा दमक नगरपालिका-१० जहदा टोलस्थित सडकमा हाल नम्बर नखुलेको ट्याक्टर आफै अनियन्त्रित भई बुधबार दिउँसो दुर्घटना हुँदा ट्याक्टरमा लेबर काम गर्ने सोही नगरपालिका-८ बस्ने २३ वर्षीय विकास ताजपुरियाको मृत्यु भएको छ। दुर्घटना गम्भीर घाइते भएका उनको एड्भान्स अस्पताल दमकमा उपचारको क्रममा मृत्यु भएको हो। हाल फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ। 

पर्सा संखुवाप्रसौनी गाउँपालिका-२ गुल्बरियास्थित सडकमा प्रदेश नम्बर २-०३-००१ त ४०९४ नम्बरको ट्याक्टरको टेलरबाट खसेर सोही ठाउँ बस्ने धनिलाल यादवको पाँच वर्षीय छोरा रितेश कुमार यादवको बुधबार दिउँसो मृत्यु भएको छ। 

ट्याक्टरको टेलरबाट खसेर सोही ट्याक्टरले किच्दा गम्भीर घाइते भएका उनको वीरगन्ज हेल्थ केयर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

काभ्रे रोशी गाउँपालिका-९ चिउरीबासस्थित सडकमा प्रदेश ३-०२-००१ प ३६४८ नम्बरको मोटरसाइकल बा४ख ५८०१ नम्बरको बसमा ठोक्किएर बुधबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक म्याग्दी बेनी नगरपालिका-२ बस्ने २४ वर्षीय सरोज कुवँरको मृत्यु भएको छ।  

दुर्घटनामा गम्भीर घाइते भएका उनको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार एक जनाको सोही अस्पतालमा उपचार भइरहेको  छ।  बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रकाशित: Apr 07, 2022| 12:26 बिहीबार, चैत २४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।