काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण अन्तर्गत आज दुई खेल हुँदैछन्।
आज पहिलो खेल अपराहन्न साढे १२ बजे बिराटनगर किंग्स र चितवन राइनोजबीच हुने छ भने दोस्रो खेल साँझ ५ बजे जनकपुर बोल्ट्स र कर्णाली याक्सबीच हुने तालिका छ।
सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगर किंग्सबाट वेस्ट इन्डिजका अलराउण्डर आन्द्रे रसेलले आजको खेल खेल्ने छन् भने कुशल मल्लको कप्तानीमा रहेको चितवनबाट रवि भोपारालगायतका खेलाडी खेल्दैछन्।
त्यस्तै अमेरिकन क्रिकेटर हरमित सिंहको कप्तानीमा रहेको जनकपुर बोल्ट्समा मोइन अलीलगायतका खेलाडी छन् भने सोमपाल कामीको कप्तानीमा रहेको कर्णाली याक्समा मार्क वाट, डेभिड मिलरलगायतका खेलाडी अनुबन्ध भएका छन्।
यसअघि सोमबार सम्पन्न उद्घाटन खेलमा लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई ७ विकेटले पराजित गर्दै प्रतियोगितामा विजयी शुरुवात गरेको छ।