काठमाडौं- नेपाली बजारमा सुनको मूल्यमा वृद्धि भएको छ। बिहीबार सुन प्रति तोला पाँच सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला ९८ हजार ५०० रुपैयाँ रहेकोमा बिहीबार बढेर ९९ हजार रुपैयाँ पुगेको छ। त्यस्तै, ९८ हजार रुपैयाँ प्रतितोला कायम रहेको तेजावी सुन आज बढेर ९८ हजार ५०० रुपैयाँ पुगेको छ ।
चाँदीको मूल्यमा भने उच्च गिरावट आएको छ। बुधबार प्रतितोला एक हजार ३३५ रुपैयाँ रहेको चाँदी आज घटेर एक हजार २३४ रुपैयाँ कायम भएको छ।