काठमाडौं- नेपाल राष्ट्र बैंकले विहीबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर यस प्रकार छ- राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२० रुपैयाँ ९२ पैसा र बिक्री दर १२१ रुपैयाँ ५२ पैसा कायम गरेको छ।
युरो एकको खरिद दर १३१ रुपैयाँ ८५ पैसा र बिक्री दर १३२ रुपैयाँ ५१ पैसा कायम गरिएको छ। पाउन्ड स्टर्लिङ एकको खरिद दर १५८ रुपैयाँ १५ पैसा र बिक्री दर १५८ रुपैयाँ ९४ पैसा छ। यस्तै, स्विस फ्रेङ्क एकको खरिद दर १२९ रुपैयाँ ४९ पैसा र बिक्री दर १३० रुपैयाँ १३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
अस्ट्रेलियन डलर एकको खरिद दर ९१ रुपैयाँ ५५ पैसा र बिक्री दर ९२ रुपैयाँ तोकिएको छ। क्यानेडियन डलर एकको खरिद दर ९६ रुपैयाँ ७६ पैसा रहेको छ भने बिक्री दर ९७ रुपैयाँ २४ पैसा छ।
जापानी येन १० को खरिद दर ९ रुपैयाँ ७६ पैसा र बिक्री दर ९ रुपैयाँ ८० पैसा रहेको छ भने चिनियाँ यूआन एकको खरिद दर १९ रुपैयाँ ०१ पैसा र बिक्री दर १९ रुपैयाँ १० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
यस्तै, साउदी अरबियन रियाल एकको खरिर दर ३२ रुपैयाँ २४ पैसा र बिक्री दर ३२ रुपैयाँ ४० पैसा रहेको छ भने कतारी रियाल एकको खरिद दर ३३ रुपैयाँ ०९ पैसा र बिक्री दर ३३ रुपैयाँ २६ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचनाामा उल्लेख छ।
मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ६९ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ८३ पैसा रहेको छ। यसैगरी कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ ९३ पैसा र बिक्री दर ९ रुपैयाँ ९८ पैसा कायम गरिएको राष्ट्र बैंकले जनाएको छ। -यस्तो छ आजको विनिमय दर